अर्थ वाणिज्य इलामको सूर्योदयमा १५ दिन भित्रमा मालपोत र नापी कार्यालय स्थापना हुने अर्थ वाणिज्य ६ लाख ९० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा इलाममा सम्पन्न जीवनशैली सशस्त्र प्रहरीद्धारा केश कर्तक तालिम सञ्चालन अर्थ वाणिज्य अंग्रेजी नयाँ बर्षमा कन्याममा ‘फुड एण्ड कल्चरल फेस्टिवल’ हुने अर्थ वाणिज्य ३ लाख ८० हजार ऋण मिनाहा गर्दै सहारा नेपालको २९ औं साधारण सभा फिक्कलमा सम्पन्न जीवनशैली इलाम क्षेत्र नं. १ मा सर्वसम्मत नेतृत्व चयन गर्न कांग्रेस पूर्व सभापति फोरमको पहल जीवनशैली कन्याम चिया बगानका २२ जना श्रमिकलाई निःशुल्क चस्मा वितरण जीवनशैली माईजोगमाई गाउँपालिकामा सोधपुछ तथा सहायता कक्ष स्थापना प्रदेश पूर्व सभापति फोरमको पहल : इलाम क्षेत्र नं १ मा कांग्रेसको सर्वसम्मत नेतृत्वको खोजी जीवनशैली सूर्योदयमा लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण

  • प्रकाशित मितिः January 22, 2026
  • हाम्रो पालिका
सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण

फिक्कल: इलामको सूर्योदय नगर क्षेत्रका संघ संस्थाले बाढीपहिरो प्रभावितलाई उपलब्ध गराउने गरी सूर्योदय नगरपालिकालाई राहत सामग्री हस्तान्तरण गरेका छन ।बिस्थापित परिवारलाई उपलब्ध गराउने गरी सिनियर टिम फिक्कल, युनाईटेड फिक्कल क्लब, सूर्योदय जेसीज,फिक्कल हस्पिटल, सुब्बा आयुवेद उपचार केन्द्र , अंकुर भेराईटिजबाट जुटाईएको एक लाख बढीको राहत सामग्री नगरपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
सिनियर टिम फिक्कलले एकमुखे चुलो २० थान, युनाईटेड फिक्कल क्लबले ३० किलोग्रामको २० प्याकेट चामल, सूर्योदय जेसीजले २० थान ब्ल्याङकेट, सुब्बा आयुवेद उपचार केन्द्रले २० थान सिल्भरको कित्लि, फिक्कल हस्पिटलले ४० थान स्टिलको थाल(डिनर सेट) र अंकुर भेराईटिजबाट स्टिलको खण्डे थाल २० थान गरी एक लाख बढीको सामग्री नगरलाई हस्तान्तरण गरेको सिनियर टिम फिक्कलका सरण फागोले जानकारी दिनु भयो । राहत सामग्री हस्तान्तरण कार्यक्रममा सबै संस्थाका पधाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले बिपतको यो समयमा सबैको सहयोगको खाचो रहेको बताउनु भयो । उहाले संघ संस्था र युवाले गरेको कामको प्रशंसा गर्नु भयो । उप-प्रमुख दुर्गा कुमार बरालले संघ, संस्था र युवाले गरेको सहयोगले नगरलाई थप काम गर्न हौसला मिलेको बताउनु भयो ।
हस्तान्तरण गरिएको सामग्री पारदर्शी ढंगले पीडितलाई वितरण गर्न युवाले नगरलाई सुझाव दिएका छन । नगरले उक्त सामग्री सहित नगरको राहत प्याकेज थप गरी आजै वडामा पठाएको छ ।असोज १८ गते को अविरल वर्षाका कारण नगर क्षेत्रमा ४५ बढी परिवार बिस्थापित भएका थिए भने पाँच जनाको मृत्यु भएको थियो । नगरले प्रभावितलाई राहत बितरण गर्दै आएको छ ।
यसैबिच आजै नगरले सूर्योदय नगरपालिका वडा नं. ९ की पहिरोमा परी मृत्यु भएकी सतमा लामाका परिवारलाई दुई लाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख राई, उप-प्रमुख बराल , ९ नं.का वडाध्यक्ष देवेन्द्र शर्मा सहितको टिम घरमै गएर मृतकका श्रीमान सुवर्ण लामालाई चेक हस्तान्तरण गरेको छ । उहाको भारतको मिरिकमा पहिरोमा परेर मृत्यु भएको थियो ।

TOP