प्रेम अधिकारी, पशुपतिनगर(इलाम): इलामको नेपाल–भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरीको दुईवटा बोर्डर आउट पोष्ट(बीओपी) को उद्घाटन गरीएको छ ।इलामको सूर्योदय नगरपालिका ४ छब्बीसे र सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङको नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरीको दुईवटा बीओपीको शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहालले उद्घाटन गर्नु भएको हो ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरीएको बीओपीको उद्घाटन गर्दै शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सीमानामा शान्ति सुरक्षा कायम गर्न भवन निर्माण गरीएको जानकारी दिनु भयो । उहाले सीमा क्षेत्रमा रहेको शसस्त्र प्रहरीले नेपाल भारत दुई देश बिच शान्ति सुरक्षा कायम गर्ने बिषयमा समन्वय गर्ने, स्थानीय संग समन्वय गर्ने र स्थानीय सरकार संग समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने शसस्त्र प्रहरीको लक्ष्य रहेको जानकारी दिनु भयो । शसस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले भन्नु भयो‘शसस्त्र प्रहरीले सीमानामा बसेर नागरिकको मन जितेर काम गर्नु पर्छ, खुल्ला सीमा नाका भएका ठाउँमा अवैध गतिविधि रोक्न शसस्त्र प्रहरीको ठूलो हात छ।’
भवन उद्घाटन गर्दै दाहालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्न शसक्त भएर काम गर्न शसस्त्र प्रहरीलाई निर्देशन समेत दिनु भयो ।
छब्बीसेमा संघीय सरकारको दुई करोड छ लाख १२ हजार तीन सय रुपियाँको लागतमा शसस्त्र प्रहरीको पक्की भवन निर्माण गरीएको छ । उक्त भवनको ठेक्का २०८१ साल फागुन १५ गते भिक्टोरिया हाइड्रो कन्टक्सन कम्पनीले लिएको थियो ।
त्यस्तै मानेभञ्ज्याङमा दुई करोड ३२ लाख ६६ हजार चार सय १९ रुपियाँको संघीय सरकारको लगातमा पक्की भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको २०८० साल माघ १२ गते टेरिसन क्राइस्टल जे.भी.ले ठेक्का लिएको थियो । यस अघि उक्त दुबै स्थानमा कच्ची संरचनामा शसस्त्र प्रहरी बस्दै आएका थिए । भवन निर्माण सम्पन्न भएपछि दैनिक काम र कार्य सम्पादनमा सहजता भएको शसस्त्र प्रहरी इलामका प्रहरी उपरीक्षक (एसपी लोकेन्द्र सुवेदीले जानकारी दिनु भयो । उक्त कार्यक्रममा सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले शान्ति सुरक्षा कायम गर्न शसस्त्र प्रहरीको भूमीका महत्वपूण रहेको बताउनु भयो । ‘सीमावर्ती ग्रामिण क्षेत्रमा स्थापना भएका शसस्त्र प्रहरीका बीओपीले नेपाल भारत बीच हुने सीमा विवाद कम भएको छ, आगामी दिनमा सीमा क्षेत्रका तस्करी नियन्त्रणमा पनि ध्यान दिनु पर्छ’उप प्रमुख बरालले भन्नु भयो ।
उक्त कार्यक्रममा शसस्त्र प्रहरीका कोशी प्रदेश १ नं. बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाली सेना इलामका प्रमुख प्रहलाद घले, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोइराला , शसस्त्र प्रहरी उपरीक्षक दोर्ण बिष्ट, सूर्योदय नगरपाकिा वडा नं. १ का वडाध्यक्ष राजकुमार लिम्बु, वडा. नं. २ का वडाध्यक्ष डिक बहादुर बम्जन, वडा नं.का वडाध्यक्ष सरन राई वडा नं. ५ का वडाध्यक्ष उर्गेन बम्जन लगायतका जनप्रतिनिध र स्थानीयको सहभागीता रहेको थियो । उक्त अवसरमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीयलाई सम्मान समेत गरीएको थियो ।
इलाम जिल्लाको रोङ गाउँपालिका सलकपुर तिरिङ देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मा ५२ दशमलब ५ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र रहेको छ । सीमा क्षेत्रका यी स्थानमा शसस्त्र प्रहरीको छ वटा बीओपी र पशुपनिगरमा रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म गरी सात वटा कार्यालय स्थापना भैसकेका छन । शसस्त्र प्रहरी बल इलामका अनुसार अव पशुपतिनगर र कालपोखरीको मात्र भवन निर्माण गर्न वाँकी रहेको छ । यी दुई स्थानमा जग्गा प्राप्त भैसकेकाले आगामी दिनमा भवन निर्माण गरीने जनाइएको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरी कार्यालय स्थापना गरी बस्न थालेपछि नेपाल–भारत बिचमा हुदै आएका सीमा विवाद समेत कम हुदै गएको छ ।