कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

अन्तुमा “नागरीक सुनुवाई” कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
अन्तुमा “नागरीक सुनुवाई” कार्यक्रम सम्पन्न

फिक्कल: जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा इलाम जिल्ला सूर्योदय नगरपालिका ५ अन्तु पर्यटन बिकास केन्द्रको सभाहलमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोइरालाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, होटल व्यवसायी संघ, बिभिन्न बिद्यालयका शिक्षक , विद्यार्थी एंव स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष रुद्र घिमिरे, होमस्टे संघका अध्यक्ष धन बहादुर आलेले प्रहरी चौकीबाट प्रदान गरेको शान्ति सुरक्षा प्रभावकारी र समन्वय रहेको तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत हुने सचेतना मुलक कार्यक्रमबाट लागु औषध, बाल बिवाह, सामाजिक अपराध जस्ता क्रियाकलापमा न्युनिकरणको लागी टेवा पुग्ने हुदाँ यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने कुरा बताउनु भयो ।
साथै सहभागीबाट उठेका जिज्ञासाको बिषयमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक कोइरालले सम्बोधन गर्नु भएको थियो ।

TOP