कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगरको चारमाईलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ भारतीय पक्राउ

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
पशुपतिनगरको चारमाईलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ भारतीय पक्राउ

पशुपतिनगर: इलामको सूर्योदय नगरपालिका–२ चारमाइलबाट ३२ लाख बढीको चाँदी र धातुका सामग्री सहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले आइतबार राती ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी धातुका गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारतको हिमालचल प्रदेश घर भएका ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा टोलीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।

नेपालबाट भारततर्फ उक्त सामग्री लिएर जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ हजार ४०० ग्राम चाँदी र ५ किलो धातुका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो ।परीक्षणका क्रममा ती गहनामा सुन चाँदीको जलप लगाएको पुष्टि भएको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ गरेको सामग्री परीक्षण पछि पशुपतिनगर भन्सारमा बुझाइएको छ भने पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयमा राखीएको छ ।

TOP