फिक्कल: इलामको फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँ खोलाको पुल भाचिएपछि तत्काल निर्माण गरीने भएको छ । बिगतका बर्ष देखि जिर्ण रहेको पुल भाचीएर यातायात संचालनमा समस्या भएपछि माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको समन्वयमा पुलको निर्माण तत्काल गरीने भएको हो । केहि बर्ष अघिको बाढीले पक्की पुलको एक भाग बगाएपछि अस्थाई संरचना निर्माण गरीएको थियो । उक्त अस्थाई संरचना समेत आज भाचीएपछि यातायत संचालनमा समस्या भएको छ ।
उक्त पुल मर्मत तथा निर्माणका लागि माईजोगमाई र सूर्योदयका इन्जििनियरले निरिक्षण गरी स्टोमेट तयार पारीसकेको माइजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । पुल निर्माणका लागि माईजोगमाई गाउँपालिकाले पाँच लाख र सूर्योदय नगरपालिकाले पाँच लाख रकम तत्काल काम गर्ने गरी छुट्याएका छन । सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले भाचीएको पुल निर्माणको काम दुई पालिकाको समन्वयमा आज भोलिबाटै शुरु गरीने जानकारी दिनु भयो । उहाले नगरले जिर्ण पुलबाट यातायतका साधन आउजाउ नर्गन नगरे यस अघि नै रोकेको समेत जानकारी दिनु भयो । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अस्थाई संरचना दुई पालिकाको समन्वयमा तत्काल निर्माण गरेपनि दिर्घकालिन समस्या समाधानका लागि प्रदेश सरकारले ध्यान दिनु पर्ने बताउनु भयो ।
फिक्कल नयाँबजार सडक कोशी प्रदेश सरकारको लगानीमा ट्रयाक खोलिएको छ दशक पछि डेढ बर्ष अघि मात्र कालोपत्रे गरीएको थियो । उक्त क्षेत्रका कोशी प्रदेश सांषद खिनु लङवा लिम्बुले प्रदेश सरकारले मयुँ खोलामा पक्की पुल निर्माणका लागि बहुबर्षे योजनाबाट काम थाल्ने जानकारी दिनु भयो । बहुबर्से योजनाबाट पुल निर्माणका लागि अव एउटा निर्णय हुन वाँकी रहेको जानकारी दिनु भयो । यस अघि नै उक्त पुलको प्रदेश सरकारले लागत स्टोमेट गरीसकेको छ । उहाले भन्नु भयो ‘भौतिक मन्त्रालयबाट फाईल अगाडी बढेर , मुख्यमन्त्री कार्यालय हुदै, अर्थ मन्त्रालय पुगेको छ ,अर्थले स्रोत सुनिश्चित गरीसक्दा बोलपत्र आवहान भई पुल निर्माणको काम अगाडी बढ्छ ।’
पुल भाचीए पछि खोलाबाट यातायतका साधन आउजाउ गर्नु पर्ने भएको छ । पानी नपर्दा खोलाबाट सवारी आउजाउ भए पनि पानी परेर खोला बढेपछि सवारी आउजाउ बन्द हुने अवस्थामा पुगेकोछ। । उक्त सडक भएर माईजोगमाई गाउँपालिकाको नयाँबजार, नामसालिङ, सोयाङ, प्याङ, जोगमाई र सूर्योदय नगरपालिका १ गोर्खे सहित क्षेत्रमा दैनिक रुपमा सयौ सवारी साधन संचालन हुने गरेका छन । माईजोगमाई गाउँपालिका उपाध्यक्ष राईले केहि समयका लागि जोखीम रहेकाले खोलाको अवस्था बुझेर मात्र यातायत संचालन गर्न आग्रह गर्नु भयो ।
फिक्कल नयाँ बजार सडककै सूर्योदय नगरपालिका ९ ढोडेमा गत बर्षको बाढीले सडकमा पहिरो गएको छ । उक्त सडक मर्मत नगरीए यस पटकको बर्खामा उक्त सडक भएर सवारी संचालनमा समस्या हुने भएको छ । उक्त पहिरोले तानेको सडक बनाउन २० लाख बढी लाग्ने भए पनि प्रदेश सरकारले मर्मतका लागि पाँच लाख रुपियाँ मात्र बिनियोजन गरेपछि काम अगाडी बढ्न सकेको छैन ।




