कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण कला / मनोरञ्जन सूर्योदयमा अन्तराट्रिय साहित्य सम्मेलन हुने पालिका विशेष सूर्योदयमा निःशुल्क तालिको सूचना पालिका विशेष सूर्योदयमा निःशुल्क तालिको सूचना अर्थ वाणिज्य मोटर साइकल तालिमको सूचना पालिका विशेष इलामको रोङ गाउँपालिका शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट कला / मनोरञ्जन चलचित्र पत्रकारको राष्ट्रिय भेला अन्तुमा भोली देखि शुरु हुँदै अर्थ वाणिज्य Professional Building Electrician, Level-2 तालिमको अवसर जीवनशैली रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
Hamropalika menu advertisement

माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै

  • प्रकाशित मितिः May 29, 2025
  • हाम्रो पालिका
माइजोगमाईमा अध्यक्ष कप फुटबल प्रतियोगिता भोलि देखि शुरु हुदै

फिक्कल: तेस्रो संस्करणको माइजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता भोलिबाट सञ्चालन हुने भएको छ । तेस्रो संस्करणका खेल भोलि बिहिबारबाट शुरु हुने गरी को खेलतालिका सार्वजनिक गरीएको हो ।
उद्घाटन खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बिच हुने छ । ३१ गतेसम्म सञ्चालन हुने खेलमा इलाम जिल्लाका १० वटै पालिकाको सहभागीता रहने छ ।वैशाख २६ मा आयोजक माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकाबिच पहिलो खेल हुनेछ भने दोस्रो खेल माई नगरपालिका र इलाम नगरपालिका बिच हुने छ । २७ गते पहिलो खेल सन्दकपुर गाउँपालिकासँग देउमाई नगरपालिकाले खेल्ने छ । दोस्रो खेल सूर्योदय नगरपालिका र चुलाचुली गाउँपालिका बिचको विजेताले माङ्सेबुङ गाउँपालिकासँग खेल्ने छ ।
२८ गते रोङ गाउँपालिका, सन्दकपुर गाउँपालिका र देउमाई नगरपालिका बिचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल वैशाख ३१ गते सम्पन्न हुनेछ ।माइजोगमाई गाउँपालिका संरक्षक रहेको खेल माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषदले प्रत्येक वर्ष आयोजना गरिरहेको छ । तेस्रो संस्करण अन्तर्गत अध्यक्ष कपको विजेता टोलीले नगद २ लाख १ हजार १ सय ११, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता बन्ने टिमले नगद १ लाख ३१ हजार १ सय ११ ट्रफी, मेडल र प्रमाणपत्र पाउने माइजोगमाई गाउँपालिका खेलकुद विकास परिषद अध्यक्ष देवेन्द्र पौडेलले जानकारी दिनु भयो ।

TOP