कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा आज सबैभन्दा बढी वर्षा

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाममा आज सबैभन्दा बढी वर्षा

काठमाडौ: बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । बिहीबार जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ ।

विभागका अनुसार बुधबार बिहान ८ः४५ देखि आज बिहान ८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरूमा मापन गरिएको थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।

“उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००।२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू ९सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी वर्षा भएको छ”, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।

विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मोसमविद् हरिप्रसाद दाहालले हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिनुभयो । “हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ”, उहाँले भन्नुभयो ।

वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ । गोरखापत्र अनलाईन

TOP