कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

करफोक ‘कन्दराको निम्तो सांसदलाई’

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
करफोक ‘कन्दराको निम्तो सांसदलाई’

फिक्कल: ‘फागुन १६, करफोकमा कन्दरा’ यतिबेला यो स्लोगनले सामाजिक संजाल भरीएको छ । फागुन १६ गते इलामको सूर्योदय नगरपालिका १२ को करफोकमा नेपालकै चर्चीत कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती रहने भएपछि प्रचार प्रसारका क्रममा ‘फागुन १६, करफोकमा कन्दरा’ छाएको हो । आयोजक सहित इलामबासीले कन्दराको कार्यक्रमको ब्यापक प्रचार गरीरहेको अवस्था छ ।
यसै क्रममा आयोजक सूर्योदय होटल ब्यवसायी संघ सहितका संघ संस्थाले इलाम क्षेत्र नं. १ का संघीय सांसद महेश बस्नेतलाई कार्यक्रमको डायरी हस्तान्तरण गर्दै निमन्त्रणा गरीएको छ । सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधान, इलाम एम टि बि राइर्डसका अध्यक्ष सरण फागो सहितको टिमले सांसद बस्नेतलाई भेटी कार्यक्रममा निमन्त्रणा गरेको हो । उनीहरुले संगीतको माध्यमबाट पर्यटन प्रवर्धन गर्न आयोजना गरीएको कार्यक्रमलाई सहयोग गर्न समेत आग्रह गरेका छन । इलाम एम.टि.बि. राइर्डसका अध्यक्ष फागोले संगीतले कसैलाई नछेक्ने भएकाले सांसद , जनप्रतिनिधि सबैलाई निम्तो गरीएको जानकारी दिनु भयो । सांसद बस्नेत समेत आफैमा गीतकार हुनुहुन्छ । उहाले कन्दराको कार्यक्रमले इलामको पर्यटन क्षेत्रमा उर्जा मिल्ने बताउनु भयो ।
सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले सूर्योदय नगरपालिकाको पर्यटन प्रवर्धनका लागि कन्दरा ब्याण्डको सांगीतिक प्रस्तुती करफोकमा राखीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ कन्दरा सांगितिक कार्यक्रम लिएर बिश्व भ्रमण गरीरहेको छ, यो ब्याण्डले हाम्रो नगरको प्रचार प्रसारमा सहयोग पुग्छ भन्ने हो ।’ कार्यक्रममा इलाम , झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतबाट ठूलो संख्यामा संगीत प्रेमी आउने अपेक्षा गरीएको आयोजकले जनाएको छ ।
आयोजकले इलाम सहित झापा, पाँचथर , ताप्लेजुङ र छिमेकी भारतमा समेत कार्यक्रमको प्रचारप्रसार गरीरहेको छ ।

TOP