जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

इलामको माईमा राष्ट्रपति रनिङ शिल्डको रौनकता

  • प्रकाशित मितिः April 25, 2026
  • हाम्रो पालिका
इलामको माईमा राष्ट्रपति रनिङ शिल्डको रौनकता

दानावारी(इलाम): इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । माई नगरपालिकको शितली खेलमैदानमा जिल्लाका १० पालिकाका नौ सय हाराहारी खेलाडीले बिभिन्न ६ बिदाका ६६ खेलमा प्रतिष्पर्धा गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।
जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरीएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री रानाले खेल क्षेत्रको बिकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाले प्रदेशले जिल्ला खेलकुद बिकास समिति इलामलाई सकेको सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले ओलम्पीक सम्मको खेलाडीको यात्राको जग राष्ट्रपति रनिङ शिल्ड भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री शम्सेर राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई ब्यवस्थित गर्न प्रदेश सरकारले बजेटको ब्यवस्था गर्नु पर्ने बताउनु भयो । माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले नगरले आट गरेर प्रतियोगिता संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो, इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, माई नगरपालिका उप प्रमुख हिमा भण्डारी , माईजोगमाई उपाध्यक्ष प्रविना राई लगायतले शुभकामना मन्तब्य राख्दै राष्ट्रपति रनिङ शिल्ड पालिका स्तरको गौरवको खेलकुद प्रतियोगिता भएको बताउनु भयो ।

जिल्ला खेलकुद बिकास समिति इलामको आयोजना र ब्यवस्थापक माइ नगरपालिकाको ब्यवस्थापनमा शुरु भएको प्रतियोगितामा १० पालिकाका ८९५ बिद्यार्थी, रेफ्री , अफिसियल गरी एक हजार ५०० बढीको सहभागीता रहेको छ । प्रतियोगितामा ६ वटा बिधा लागि भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई माइ नगरपालिकाले १३ लाख रुपियाँ सहयोग गरेको छ ।
समितिले जिल्ला सदरमुकाममा हुदै आएको प्रतियोगितालाई ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले बिगत तीन बर्ष देखि पालिका स्तरमा संचालन गर्दै आएको छ । जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार आगामी बर्ष सूर्योदय नगरपालिकाले प्रतियोगिता संचालन गर्ने गरी झण्डा हस्तान्तरण गरीएको छ । प्रतियोगिता तीन दिन सम्म चल्ने छ । प्रतियोगिताको अवसरमा पालिका स्तरी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिा उत्कृष्ठ रुपमा संचालन गरेको भन्दै माईजोगमाई गाउँपालिकालाई सम्मान गरीएको छ । सो अवसरमा संचारकर्मी प्रेम अधिकारी, भगीरथ भण्गारी र बिमल दाहाल सम्मानित हुनु भयो । उक्त अवसरमा ओलम्पियन प्रमिला रिजाललाई समेत सम्मान गरीएको छ । उहा माई नगरपालिका बासी हुनुहुन्छ ।

TOP