अर्थ वाणिज्य २० लाख किसानलाई परिचय पत्र वितरण गरिने :कृषि मन्त्री अधिकारी अर्थ वाणिज्य इलाममा करोडौंको लगानीमा फनपार्क र रिसोर्टसहितको गाई फार्म खुल्दै पालिका विशेष बिपत प्रतिकार्यमा जुट्दै सूर्योदय नगरपालिका जीवनशैली सिद्धिखोला जलबिद्युत आयोजनाका कारण आधा दर्जन घर जोखिममा अर्थ वाणिज्य जस्बीरे चिया उद्योगमा आगलागी हुदा करोडको क्षति जीवनशैली केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त प्रदेश केबुलकार विवाद आन्दोलनरत पक्षका चार सर्त जीवनशैली सूर्योदय नगरपालिकाबाटै अव राष्ट्रिय परिचयपत्र सेवा खेलकुद कोशी प्रदेश खेलकुद महोत्सव मङ्गलबारदेखि अर्थ वाणिज्य ६१ लाख बढीको सुरक्षा सामग्री एक बर्ष देखि चिया बिस्तार फिक्कलको गोदाममा
Hamropalika menu advertisement

इलामको माईमा राष्ट्रपति रनिङ शिल्डको रौनकता

  • प्रकाशित मितिः March 21, 2025
  • हाम्रो पालिका
इलामको माईमा राष्ट्रपति रनिङ शिल्डको रौनकता

दानावारी(इलाम): इलाम जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । माई नगरपालिकको शितली खेलमैदानमा जिल्लाका १० पालिकाका नौ सय हाराहारी खेलाडीले बिभिन्न ६ बिदाका ६६ खेलमा प्रतिष्पर्धा गर्ने गरी प्रतियोगिता शुरु भएको हो ।
जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरीएको छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री रानाले खेल क्षेत्रको बिकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाले प्रदेशले जिल्ला खेलकुद बिकास समिति इलामलाई सकेको सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले ओलम्पीक सम्मको खेलाडीको यात्राको जग राष्ट्रपति रनिङ शिल्ड भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री शम्सेर राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई ब्यवस्थित गर्न प्रदेश सरकारले बजेटको ब्यवस्था गर्नु पर्ने बताउनु भयो । माई नगरपालिकाका नगर प्रमुख खम्बासिं लिम्बुले नगरले आट गरेर प्रतियोगिता संचालन गरेको बताउनु भयो ।
कार्यक्रममा इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो, इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, माई नगरपालिका उप प्रमुख हिमा भण्डारी , माईजोगमाई उपाध्यक्ष प्रविना राई लगायतले शुभकामना मन्तब्य राख्दै राष्ट्रपति रनिङ शिल्ड पालिका स्तरको गौरवको खेलकुद प्रतियोगिता भएको बताउनु भयो ।

जिल्ला खेलकुद बिकास समिति इलामको आयोजना र ब्यवस्थापक माइ नगरपालिकाको ब्यवस्थापनमा शुरु भएको प्रतियोगितामा १० पालिकाका ८९५ बिद्यार्थी, रेफ्री , अफिसियल गरी एक हजार ५०० बढीको सहभागीता रहेको छ । प्रतियोगितामा ६ वटा बिधा लागि भलिवल, कवडी, एथलेटिक्स, उसु, कराँते, तेक्वान्दो रहने जिल्ला खेलकुद बिकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई माइ नगरपालिकाले १३ लाख रुपियाँ सहयोग गरेको छ ।
समितिले जिल्ला सदरमुकाममा हुदै आएको प्रतियोगितालाई ग्रामिण खेलकुदको बिकास गर्ने उद्देश्यले बिगत तीन बर्ष देखि पालिका स्तरमा संचालन गर्दै आएको छ । जिल्ला खेलकुद बिकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईका अनुसार आगामी बर्ष सूर्योदय नगरपालिकाले प्रतियोगिता संचालन गर्ने गरी झण्डा हस्तान्तरण गरीएको छ । प्रतियोगिता तीन दिन सम्म चल्ने छ । प्रतियोगिताको अवसरमा पालिका स्तरी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिा उत्कृष्ठ रुपमा संचालन गरेको भन्दै माईजोगमाई गाउँपालिकालाई सम्मान गरीएको छ । सो अवसरमा संचारकर्मी प्रेम अधिकारी, भगीरथ भण्गारी र बिमल दाहाल सम्मानित हुनु भयो । उक्त अवसरमा ओलम्पियन प्रमिला रिजाललाई समेत सम्मान गरीएको छ । उहा माई नगरपालिका बासी हुनुहुन्छ ।

TOP