कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ

इलाम :  इलामको सुन्तलेमा एक ब्यक्तिको घरमै हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षे धनराज राईको घरमै हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायत फेला परेको जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले कर्तव्य गरी मारेको अवस्थामा शव भेटिएको बताए ।

घटनापछि खोजतलास गर्दा प्रहरीले मृतककै छोरा–बुहारीसहित छ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षे एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ राई समेत छन् । उनीहरूसहित छिमेकीहरू २४ वर्षे नवीनकुमार राई, २६ वर्षे निसान राई, २० वर्षे राजीव राई र २३ वर्षे दिवस राईलाई पक्रेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

TOP