कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र

  • प्रकाशित मितिः November 12, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र

इलाम :  इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना भएको छ । नेपाल नगरपालिका संघले कोशी प्रदेशका इलाम ,झापा ,पाचथर, ताप्लेजुङग र तेह्रथुमका १६ वटा नगरपालिकाको प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिकामा स्थापना गरिएको हो । इलाम नगरपालिकामा एक कार्यक्रमका बिच नेपाल नगरपालिका संघ का अध्यक्ष एवम निलकण्ठ नगरपालिका प्रमुख भिम ढुङगानाले स्थापना गरे ।
अध्ययन केन्द्रको स्थापनाले नगरपालिकाको सस्थागत क्षमता वृद्धि गर्न, पालिकाहरुका अनुभवहरु आदान प्रदान गर्न, अन्तर पालिका समन्वय गर्न ,नगरपालिकाको कार्य सम्पादनमा वद्धि गर्न, जन प्रतिनिधि तथा कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्न पालिकाका प्राथमिकता स्थानीयत्व गर्न सहयोग गर्न पुग्नेछ।
इलाम नगरपालिका प्रमुख केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका कोशी प्रदेश संयोजक एंवम् वेलबारी नगर प्रमुख दिलिप राई ,संविधान विज्ञ पुर्व सचिव काशीराज दाहाल, संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा, इलाम नगरापलिका उप प्रमुख बिष्णु दाहाल, प्रमुख प्रशासकिय अधिकृत गणेशकुमार खड्का, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

TOP