कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
स्वर्गीय दिपाङकरको सम्झनामा कन्याममा प्रतिमा अनावरण

फिक्कल:
इलामको सूर्योदय नगरपलिका ७ कन्याममा संचालित स्काइ वाकमा सूर्योदय नगरपलिका वडा नम्बर ७ निवासी दिपाङकर चाम्लिङ राईको प्रतिमा अनावरण गरिएको छ ।सूर्योदय नगरपलिकाका नगर प्रमुख रणबहादुर राईले कन्याम क्लाउड प्रा.लि.ले निर्माण गरेको प्रतिमाको अनावरण गर्नु भएको हो । स्काइ वाकमै काम गर्ने कर्मचारी दिपाङकर चाम्लिङ राईको सडक दुर्घटनामा परी गत भाद्र २० गते ज्यान गएको थियो ।
प्रतिमा अनावरण गर्दै नगर प्रमुख राईले यो भवितव्य कसैले टार्न नसक्ने र हार्न पनि नसकिने भएकाले परिवारमा पुगेको क्षति कम गर्न नसके पनि दुख कम गर्न सक्ने प्रेरण कम्पनीको यस कामले मिलेको बताउनु भयो । उहाँले दिपाङकर प्रति श्रद्धाभव समेत व्यक्त गर्नुभयो ।
वान्डर्श नेपाल प्रा. लि. कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक आकर्षण पोख्रेलले छोटो समयमा कम्पनीमा गरेको कामको प्रभावले गर्दा उनको प्रतिमा निर्माण गरिएको बताउनु भयो । यस्तै उहाँका पिता सूर्योदय नगरपलिका वडा नम्बर ७ का वडा अध्यक्ष लोक बहादुर चाम्लिङ राईले छोराको जन्मदिन माघ ११ गते भएकाले उक्त अवसमा प्रतिमाको अनावरण गरिदिएकोमा कम्पनी प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मानिसले जिवनमा इमान्दार सालिन र कर्तव्यनिष्ठ भएर बाँच्न सकेमात्रै परिवार समाज देशको बन्न सकिने पाठ सिकेको बताउनु भयो । उहाँले भौतिक सरिरले यति ज्ञान राख्न सके मात्रै सबैमा शान्ति प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिमा अनावरणमा सूर्योदय नगरपलिकाका उप प्रमुख दुर्गा कुमार बराल, वडाअध्क्ष सराजकुमार सेरेङ ,डिक बम्जन , पेमा उगेन लामा ,उर्गेन बम्जन, शिवकुमार बस्नेत, देबेन्द्र आचर्य, बलबहादुर समाल कार्यपलिका सदस्य सोनाम लामा साथै दिपाङकरकी आमा सुजता चाम्लिङ र परिवाका सदस्य सहित आफन्तको बाक्लो उपस्थिति रहेको थियो ।

TOP