कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

झापाका धुलौटे सडक कालोपत्रे हुँदै

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
झापाका धुलौटे सडक कालोपत्रे हुँदै


फिक्कल: झापा गाउँपालिकामा एक पछि अर्काे गर्दै धुलौटे सडक कालोपत्रे हुँदै गएका छन् । गाउँपालिकाले सडक कालोपत्रे गर्ने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि धुलौटे सडक कालोपत्रे हुँदै गएका हुन् । प्रत्येक वडामा एउटा सडक अनिवार्य कालोपत्रे गर्ने अभियान अन्तगत झापा गाउपालिका वडा नम्बर ६ शरणामती बजारसंग जोडिएको अमरपथ मार्गलाई मदारगाछीस्थित दयालधामको लक्ष्मी मार्ग संग जोड्ने बाटोको कालोपत्र निर्माण कार्य सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष जयनारायण शाहका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ शरणामती र वडा नम्बर ७ मदारगाछीका स्थानीय जनताहरुले धेरै पहिलादेखि दैनिक रुपमा गरिने आवत जावतमा स(साना खोलाहरुका कारणले र बाटोको अव्यवस्थित ब्यव्स्थापनका कारणले निक्कै समस्याहरु झेल्दै आएकाले सडक कालोपत्रे गरिएको बताएका छन् ।

सडक कालोपत्रे भएसंगै स्वास्थ्य, शिक्षा र दैनिक रुपमा आईपर्ने काम ईत्यादिमा अनेकौं समस्याहरु झेल्दै आएका स्थानियलाई राहत हुने अध्यक्ष शाहको भनाई छ ।

२ करोड २२ लाख को लागतमा बनिएको उक्त २ हजार ९ सय ९४ मिटर लम्वाइको रहेको छ ।

TOP