कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङ गाउँपालिकामा तिते करेलाको ब्राण्डिङ गरी बजारमा

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
रोङ गाउँपालिकामा तिते करेलाको ब्राण्डिङ गरी बजारमा

गोबिन्द पौडेल: 

गुन्द्रुक ,बेसार,चिया,मह,सिस्नो जस्ता कृषि उपजको उत्पादन र प्याकेजिङ गरेर बजारमा ल्याएको इलामको रोङ गाउँपालिकाले करेलाको सुकुटी पनि बजारमा ल्याएको छ ।बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग , ब्राण्डिङ्ग गरी रोङ गाउँपालिकाले बजारमा ल्याएको हो ।
यो बर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो । उहाले करेलाको अध्ययन अनुसन्धान अत्यन्तै सफल भएको बताउनु भयो ।बजार मूल्य कम हुदा एक सिजनमा ५० हजार केजी काचो करेला प्रशोधन गर्न सक्ने उद्योग निर्माण अन्तिम चरणमा छ। अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताउनु भयो ।
“ रोङ तिते करेला “ लाई त्यतिकै गुन्द्रुक संग मोलेर अचारको रुपमा खाना सकिन्छ, फ्राई गरेर खाना सकिन्छ। तातोपानीले ५÷१० मिनट भिजाए पुरानै स्वरुप तथा स्वाद आउनेछ र सधै झै विभिन्न तरिकाले पकाएर खाना सकिनेछ।रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह लगाव रहेको करेला खेती गर्दै आएका रोङ ३ प्युरेका लक्ष्मि लेप्चाले बताउनु भयो ।

TOP