पालिका विशेष न्यूनतम सेवा मापदण्डमा अन्तु स्वास्थ्य चौकी जिल्ला भरमा पहिलो पालिका विशेष सूर्योदयमा बृक्षारोपण अभियान शुरु जीवनशैली सूर्योदयमा आप्रवासी उद्यमी,ब्यवसायीलाई सहयोग तथा सम्मान पालिका विशेष सूर्योदयका सामाजिक समस्या समाधानका लागि एलायन्सको ध्यानाकर्षण पालिका विशेष इलाम नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा पालिका विशेष इलामको माङसेबुङ गाउँपालिकाका ११० घरपरिवारलाई लालपुर्जा जीवनशैली माइजोगमाईका युवा उद्यमीलाई बस्तुगत सहायता हस्तान्तरण अर्थ वाणिज्य माईजोगमाई ५ का जेष्ठ नागरिकलाई सम्मान Uncategorized माइजोगमाईका उद्यमी युवालाई बस्तुगत सहायता हस्तान्तरण कला / मनोरञ्जन इलामे श्रष्टा दिपेन्द्रको पृथ्वीको ब्यपार
Hamropalika menu advertisement

सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु

  • प्रकाशित मितिः July 14, 2025
  • हाम्रो पालिका
सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु

फिक्क्ल: इलामको सूर्योदय नगरपालिका ८ को मालुममा बिहिबार देखि मंसिर २५ गते सम्म चल्ने प्रथम मालुम पर्यटन महोत्सव शुरु भएको छ । सूर्योदय नगरपालिका वडा नं ८ मा रहेको मंगल ज्योति टोल बिकास संस्थाको आयोजना साथै कन्काई फन वल्ड सुरुंगा झापाको समन्वयमा महोत्सव शुरु भएको हो । बिहिबार एक कार्यक्रमका बिच सूर्योदयका नगर प्रमुख रण बहादुर राईले मेलाको उद्घाटन गर्नु भयो । मेलाको उद्घाटन गर्दै उहाले पर्यटन प्रवर्धन गर्न आयोजीत मेलालाई नगरले पूर्ण सहयोग गर्नु बताउनु भयो । उद्घाटन कार्यक्रममा शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्पका प्रमुख सुरज केसी ,नेपाली काग्रेस नगर सभापति जिवन कुमार नेपाल, वडा नं. ८ का वडाध्यक्ष जंग गुरुङ , वडा नं. ७ का वडाध्यक्ष लोक बहादुर राई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
मेला आयोजक समितिका अध्यक्ष कमल गड्तौलाले बिभिन्न मनोरञ्जनात्मक खेल सहित राष्ट्रिय स्तरका कलाकारको साथमा महोत्सव लगाइने जानकारी दिनु भयो । । उहाले स्थानीय स्तरको पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरीएको जानकारी दिनु भयो । महोत्सवमा सथानीय खानाका परिकारका स्टल समेत राखीएको छ ।

TOP