कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रोङको सरस्वती माविमा मन्दिर शिलन्यास

  • प्रकाशित मितिः November 28, 2025
  • हाम्रो पालिका
रोङको सरस्वती माविमा मन्दिर शिलन्यास

रोङ :  इलामको रोङ गाउँपालिका-६ को सरस्वती माध्यामिक बिद्यालयमा सरस्वतीको मन्दिरको आज शिलान्यास गरिएको छ ।बिद्यालय परिसरमा बन्ने बिद्याकी देवी सरस्वतीको बैदिक बिधिका साथ रोङ गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया खवासले शिलन्यास गरेकी हुन् ।

बिद्यालयले मन्दिर निर्माणको लागि गत दीपावलीको अवसरमा देउसी कार्यक्रमबाट १ लाख १ हजार ४७१ रुपैया नगद संकलन गरेको थियो । जसको लागि लागत ३ लाख ४० हजार रहेको लागत साझेदारीमा रोङ गाउँपालिकाले ६० हजार थप गरिदिने भएको छ ।बिद्यालय सेवाक्षेत्र बाहेक छिमेकि गाउँहरु तारगाउँ,सलकपुर,जौवारी क्षेत्रहरूवाट पनि आर्थिक सहयोग जुटिरहेको र कतिपय अभिभावकहरुवाट निर्माण सामाग्री रड,सिमेन्ट,वालुवा उपलब्ध गराउने प्रतिबद्धता आएकोमा प्रधानाध्यापक गोबिन्द पौडेलले बताए ।

निर्माणाधिन मन्दिरको लागि अपुग रकमको लागि बिद्यालयमा काम गरेका शिक्षक,कर्मचारी पुर्व बिध्यार्थी हरुसंग पनि अनुरोध गरिएको बिव्यस अध्यक्ष प्रेम साङपाङको भनाई रहेको छ ।मन्दिर निर्माण गरि आगामी बसन्त पञ्चमीको दिन प्राण प्रतिष्ठा सहित शिलन्यास गरिने लक्ष्य राखिएको छ ।

TOP