कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
सूर्योदयमा सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा शनिबार सवारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको सहकार्यमा वारी दुर्घटना न्यूनिकरण सचेतना कार्यक्रम सम्पन्न भएको हो।
सूर्योदय नगर क्षेत्र अन्तर्गत चल्ने सवारी साधनका धनी तथा चालक र सवारी व्यवसायसंग आबद्ध संघ–संस्थाका प्रतिनिधि तथा पदाधिकारीलाई सवारी समेतना कार्यक्रम सम्पन्न गरीएको सूर्योदय नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनु भयो ।
नगरको शुसासन बिकास समितिका संयोजक सोनाम छिरिङ लामाको अध्यक्षता तथा सूर्योदय नगरपालिका इलामका नगर प्रमुख रणबहादुर राई प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीले प्रशिक्षण दिनु भएको थियो । चाडपर्वलाई लक्षित एक दिने “सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना” कार्यक्रम सम्पन्न गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो ।
नगर भित्र संचालित तीन पाङ्ग्रे सवारी(अट्टो) तथा भेनका सवारी चालकको सहभागीता रहेको कार्यक्रममा सहभागीले बिभिन्न जिज्ञासा राखेका थिए ।

TOP