कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाई ५ सोयाङका पहिरो पीडितलाई गाउँपालिकाद्धारा राहत वितरण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
माईजोगमाई ५ सोयाङका पहिरो पीडितलाई गाउँपालिकाद्धारा राहत वितरण

फिक्कल: इलामको माईजोगमाई ५ का पहिरो पीडितलाई माईजोगमाई गाउँपालिकाले राहत वितरण गरेको छ । माईजोगमाई ५ सोयाङका पहिरोले घरमा क्षती गरेका तीन परिवारलाई गाउँपालिकाले आज राहत सामग्री वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत लगायतको टोली पीडितका घरमै पुगेर राहत सामग्री वितरण गरेको छ । पहिरोले क्षति गरेका सुकबीर राई , रमेश राई र छिरिङ प्रधानका परिवारलाई चामल, दाल, खाने तेल , साबुन लगायतका अति आवश्यक राहत सामग्री वितरण गरीएको उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । जनप्रतिनिधिले क्षति भएको स्थानको स्थलगत अध्ययन गरेको छ ।
यस्तै माईजोगमाई १ प्रेमेजुङमा समेत पहिरोले क्षति गरेको स्थानको उक्त टोलीले अध्ययन गरेको छ । लगातारको बर्षाका कारण माईजोगमाई गाउँपालिका वडा नम्बर २ शान्तिडाँडामा जमिन चर्किएर नजिकै रहेको खोलाबाट पहिरो जान थालेपछि त्यहाँ रहेका करिब ९ घर जोखिममा परेका छन् । स्थानीय मदन थामी , बलबहादुर थामी र चन्द्र थामीको गरी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्य गंगा बहादुर महत , कमल बहादुर थामी ,लेखनाथ थामी ,दिपक थामी ,विर बहादुर महत, सोम बहादुर थामी लगायतको घर जोखीममा रहेका छन । । गाउँपालिकाले वडा नं. २ का अध्यक्ष डम्बुर सुवेदीले उक्त क्षेत्रको अवस्था बुझेर गाउँपालिकामा जानकारी गराउनु भएको छ । पालिकाले उक्त क्षेत्रका बिस्थापित परिवारलाई समेत राहत वितरण गर्ने जनाएको छ । पालिकाले बन्द भएका सडक संचालनका लागि काम गरीरहेको जनाएको छ । गाउँपालिकाको बिहिबार बसेको बैठकले पहिरो पीडितलाई तत्काल राहत दिने र बन्द भएका सडक संचालनका लागि पहल थाल्ने निर्णय गरेको थियो ।

 

TOP