कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको देउमाई र माङसेबुङमा पहिरोले ५ घरमा क्षति

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको देउमाई र माङसेबुङमा पहिरोले ५ घरमा क्षति

इलाम:  इलामको देउमाइ नगरपालिका(१ मैदानेको सिमानामा रहेको महाभारा डाँडामा गएको पहिरोका कारण ४ घरका १३ जना विस्थापित भएका छन् । माथिदेखि आएको पहिरोसँगै बगेको लेदो घरभित्र पसेपछि इलाम देउमाइ९१ का पासाङ शेर्पा, फुर्वा शेर्पा, दमु शेर्पा र फुर्तिम्बा शेर्पाको परिवार विस्थापित भएका हुन् । शुक्रबार साँझ ८ बजे महाभारा डाँडा हुँदै देउमाइ तर्फ पहिरो गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईका अनुसार पहिरोका कारण घरहरू लेदोले भरिएका छन् । पहिरोका कारण पासाङका ५ सहित फुर्वा, दमु र फुर्तिम्वाको परिवारका २–२ गरी १३ सदस्य विस्थापित भएका हुन् । उनीहरुलाई राति नै आफन्त कहाँ स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
इलामको माङसेबुङ गाउँपालिकामा अविरल बर्षाको कारण पहिरोले एक घर बगाएको छ ।

माङसेबुङ गाउँपालिका ५, मिक्तोक्लाका सुबास खेसाङ राईको घर पहिरोले बगाएको हो । मानविय क्षति भने भएको छैन । घटनाको सम्बन्धमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए ।रातभरी पानी परेकाले जिल्लाका अन्य स्थानमा पनि क्षति भएको तर तथ्यांक संकलन हुन नसकेको प्रहरीले जनाएको छ ।

TOP