कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न

  • प्रकाशित मितिः November 26, 2025
  • हाम्रो पालिका
कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारणसभा सम्पन्न

डाइमण्ड तिम्सिना, इलाम : रोङ गाउँपालिकाको वडा नं ३ को कुटिडाँडा टोलबिकास सस्थाको दोश्रो साधारण सभा सम्पन्न भएको छ । सस्थाले गत बर्ष ५ लाख ८ हजार १०२ रुपैयाँ बराबरको प्राप्ती भुत्तानी कारोबार गरेको लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गर्दै साधारण सभा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो, उपाध्यक्ष बिस्नुमाया खवास ३ नं. वडा अध्यक्ष मात्रिका बराल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित कार्यक्रममा रहेको थियो। दुई बर्ष अघि २०७९ माघ १६ गते ३ नम्बर वडा कार्यालयमा दर्ता भइ स्थापना भएको टोल बिकास सस्थाले कुटिडाँडा बजारको बिद्युत ब्यवस्थापन तथा सरसफाइ कार्य टोलबिकास सस्था मार्फत हुदै आएको सस्थाका सचिब दिनेश निरौलाले बताउनु भयो ।
टोल बिकास सस्थामा ९१ हजार ७१४ रुपैयाको पुजीबचत रहेको र नगद ६३ हजार ४२४ रुपैया बैकम रहेको सचिब निरौलले जानकारी दिनुभयो । टोलबिकास सस्थाले सडक बिद्युत र सस्कृति जगेर्नालाई बिशेष जोड दिएर कार्यक्रम गरिरहेको छ । ्८९ घर सदस्य रहेको यस टोलमा ढल ब्यवस्थापन मुख्य चुनौती रहेको टोलबिकास सस्थाका अध्यक्ष मिलन भुजेलले बताउनुभयो ।यसैबिच साधारण सभाको अवसरमा टोलबिकास सस्था भित्रका एकल महिलाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले सबै वडामा टोल बिकास संस्था गठन गर्दै बिकासको गति स्थानीय सरकार संग जोड्ने बताउनु भयो ।

TOP