कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै

इलाम:  इलामको आइतबारेमा आज (आइतबार) देखि ‘आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुँदैछ । नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर समन्वय परिषद र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सूर्योदय नगरपालिका–११ को आइतबारेमा दुई दिने महोत्वस आयोजना गर्न लागिएको हो ।

सोमबार सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन एवम् जातीय साँस्कृतिक परिकार प्रदर्शन गरिने नेपाल आदिवासी जनजाति महासंघ सूर्योदय नगर अध्यक्ष सोनाम योल्मूले जानकारी दिए ।‘आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘महोत्सवमा आदिवासी जनजातिसँग सम्बन्धित झाँकी, भेषभूषा एवम् जातीय साँस्कृतिक परिकार प्रदर्शन गरिनेछ ।’

कार्यक्रममा आउने पाहुनाहरुलाई आदिवासीजन्य विभिन्न खाद्य परिकार चखाउने योजना आयोजकको रहेको छ । महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा संघ, नेपाल शेर्मा समाज, नेपाल मगर संघ, लाप्चा उत्थान मञ्च, नेवाः दय दबु, नेपाल थामी समाज, तमू ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्माबाट सहभागी हुने आयोजकले जनाएको छ ।

नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको योल्मूले बताए । ‘कला, संस्कृति र परम्परा आदिवासी जनजातिको मुख्य पहिचान हो, यसको संरक्षण, संवर्द्धन, प्रवर्द्धन गर्न युवा पुस्ताले चासो देखाउनुपर्छ’ उनले भने, ‘पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र सीप हस्तान्तरण गर्न आवश्यक छ ।’

TOP