कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय ७ मा आधारभूत कम्प्युटर तालिम सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदय ७ मा आधारभूत कम्प्युटर तालिम सम्पन्न

फिक्कल: इलामको सूर्योदय नगरपालिका ७ मा तीन महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । वडाको बार्षिक स्र्वीकृत कार्यक्रम अनुसार वडाका २८ जनालाई तीन महिना सम्म संचालन गरीएको तालिमको समापन मंगलबार सम्पन्न भएको हो ।युवा लक्षित कम्प्युटर तालिममा प्रत्येक टोलबाट छनौट गरी सहभागी गराइएको थियो । वडा सचिव कमलकान्त पोख्रेलको अध्यक्षता तथा वडाध्यक्ष लोक बहादुर राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहभागीलाई प्रमाण पत्र प्रदान गरीएको तियो ।
समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राईले युवालाई ब्यवसायीक बनाउनका लागि कम्प्युटर तालिम संचालन गरीएको जानकारी दिनु भयो । उहाले वडाले थोरै बजेटमै भए पनि युवा र लक्षित बर्गका कार्यक्रम संचालन गर्दै आएका बताउनु भयो । कार्यक्रममा तालिममा सहभागी नेत्रमणी भट्टले आफु सहकारीमा आवद्ध भएर काम गरीरहदा कम्प्युटर शिक्षाको अभावमा हातले काम गर्दै आएकोमा तालिम पछि कम्प्युटरमा सबै काम गर्न सक्ने भएको बताउनु भयो । बुलन्द मल्टिटेक्निकल मिडिया प्रा.लि.को समन्वयमा भएको तालिममा अर्पण खड्काले सहजीकरण गर्नु भएको थियो । वडा सदस्या श्याम कृष्ण कटुवाल ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन वडा कर्मचारी क्षितिज गड्तौलाले गर्नु भएको थियो ।

TOP