कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम

फिक्कल: इलामका पाँचवटा पालिकाका जनप्रतिनिधिलाई जलवायु परिवर्तन र स्थानीय तहमा वातावरणमैत्री बजेट निर्माण सम्बन्धी दुईदिने तालिम दिइएको छ ।
इलामको सूर्योदय नगरपालिकामा सहयात्रा नेपाल र एन्जेलिया महिला सहकारी संस्थाको आयोजना तथा टेवा नेपाल र प्रकृति रिर्सोर्सस सेन्टरको आर्थिक सहयोगमा पाँच पालिकाका ५६ जना जन प्रतिनिधिलाई तालिम दिइएको हो ।
सूर्योदय, देउमाई नगरपालिका, माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिकाका जनप्रतिनिधिलाई प्रकृति रिर्सोर्सस सेन्टरका सहजकर्ता प्रविनमान सिंह र प्रज्ञा सेरचनले सहजीकरण गर्नु भएको थियो ।
तालिममा आगामी बजेटमा प्रकृति र वातावरणलाई समेटेर बजेट निर्माण गरीने प्रतिवद्धता जनाएका थिए । सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले बिकास संगै प्रकृतिमाथी हुन सक्ने खतरालाई मध्य नजर गरी बजेट बनाउनु पर्ने बताउनु भयो । देउमाई नगरपालिकाका उप प्रमुख पविमाया राईले वातावरण र प्रकृति संग सम्बन्धित कार्यक्रम निर्माण गर्दा अन्तर पालिका समन्वय आवश्यक रहेको बताउनु भयो ।
माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले तालिमले आगामी दिनमा बजेट निर्माण गर्न सहज हुने बताउनु भयो ।आयोजक सहयात्रा नेपालका अध्यक्ष हेम कुमारी शिवाले स्थानीय तहले बजेट निर्माण गर्दा वातावरण अनुकुल बजेट निर्माण गर्न सहज होस भनी तालिम संचालन गरीएको बताउनु भयो । तालिममा जलबायु परिवर्तनले परिरहेको असरका बिषयमा छलफल भएको थियो ।

TOP