कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
इलामको फिक्कलमा २ दिने सडक महोत्सव शुरु

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा पाँचौ सूर्योदय सडक महोत्सव शुरु भएको छ । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोमबारबाट पाँचौ संस्करणको सूर्योदय सडक महोत्सव शुरु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले पर्यटकीय नगरीमा आयोजना गरिएको महोत्सवले आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताउनु भयो । सडक महोत्सव दुइृ दिन सम्म संचालन हुने छ ।
महोत्सवमा स्थानीय खाद्य परिकार, हस्तकला सामग्री, बिद्युतीय सवारी साधन स्टल, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका गरी २५ वटा स्टल रहेका छन् । दुई दिन सम्म संचालन हुँने महोत्सव सम्पन्न गर्दा १९ लाख रुपियाँ खर्च हुने र उक्त अवधिमा १५ हजारले महोत्सवको अवलोकन गर्ने आयोजक सूर्योदय होटल ब्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘सडक महोत्सव नेपालका थोरै ठाउँमा मात्र हुने गरेको छ, त्यस मध्ये निरन्तर्ता पाएको फिक्कलले पनि हो ।’
महोत्सवको आयोजना सूर्योदय होटल ब्यवसायी संघ, यूनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिजले गरेका छन्। सूर्योदय जेसिजका अध्यक्ष अभिषेक पौडेलले सडक महोत्सवमा दुई दिनमा एक करोड रुपियाँ बढीको करोबार हुने बताउनु भयो ।
महोत्सवमा गायिका रचना रिमाल सहित बिभिन्न ब्याण्डको प्रस्तुती रहने छ । पाँच बर्ष देखि फिक्कलमा सडक महोत्सव हुदै आएको छ ।

 

TOP