कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
रास्वपाका मिलन लिम्बू चुनावी प्रचार गर्दै मतदाताका घर-घरमा

चुलाचुली: राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० इलाम २ का उम्मेदवार मिलन योङहाङ लिम्बूले चुलाचुली क्षेत्रका आफ्ना मतदाताहरुसँग भेटघाट गर्दै चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएका छन् ।

मतदातासँग भेटघाट गर्ने क्रममा चुलाचली पुगेका उनले सञ्चारमाध्यमसँग कुरा गर्दै मतदाताहरुले नयाँ पार्टी रास्वपाप्रति निकै ठूलो उत्साह देखाएकाले आफ्नो विजय सुनिश्चित भएको बताए । ‘चुलाचुली आएपछि मलाई के थाहा भयो भने यहाँका मतदाताहरु पुराना पार्टीहरुको व्यवहारबाट निकै वाक्क दिक्क हुनु भएको छ । त्यसैले उहाँहरुमा नयाँ पार्टीप्रति निकै उत्साह छ ।’, लिम्बूले भने ।

जनताले दिएको मायाका आधारमा आफू जित्ने निश्चित भई सकेको भन्दै उनले आफू जनताको मतको प्रतिक्षामा रहेको बताए । रास्वपाको चुनाव प्रचार–प्रसार टोलीमा इलामका संयोजक प्रकाश सापकोटा, सह–संयोजक सन्तोष श्रेष्ठ, कोशी प्रदेशका सभापति राजेश तिम्सिना, झापा संयोजक उमेश खरेल, चुलाचुली गाउँपालिका सचिव लोकनाथ पौडेल लगायतका नेता कार्यकर्ताहरु रहेका छन् ।

आगामी वैशाख १५ मा इलाम २ मा हुन लागेको उपनिर्वाचनमा इलामका सबै राजनीतिक पार्टीका साथै स्वतन्त्रहरुले पनि आफ्नो चुनावी प्रचार–प्रसारलाई अघि बढाएका छन् । इलाममा मतदान हुनका लागि अझै १६ दिन बाँकी रहँदा सबै पार्टीहरु आ–आफ्नो चुनावी प्रचारमा होमिएका हुन् ।

चुनावमा आफ्ना उम्मेदवारलाई जिताउनका लागि रास्वपाका तर्फबाट पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको छ भने एमालेका तर्फबाट पनि पार्टी अध्यक्ष केपी ओली तथा नेपाली काँग्रेसका तर्फबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि इलाम आएका छन ।

यो निर्वाचनमा एमालेलाई आफ्नो तीन दशकको विरासत जोगाउने चुनौती छ भने नेपाली काँग्रेसलाई तीन दशकदेखिकै पराजयको मुल्य चुक्ता गर्ने चुनौती रहेको छ । तर, पुराना राजनीतिक दलहरुको विरुद्ध आवाज उठाउँदै उदाएको रास्वपालाई भने इलामको विजय हासिल गर्दै पूर्वलाई आफ्नो आधारभूमी बनाउने चुनौती छ ।
रास्वपाको केन्द्रीय नेतृत्वले इलामको निर्वाचनलाई विशेष महत्वका साथ अघि बढाउनकै लागि सह–महामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमाण्डर बनाएर इलाममै खटाएको छ । अब के हेर्न बाँकी छ भने आगामी १५ गतेको उपनिर्वाचनमा इलामेली जनताले पुराना पार्टीलाई रोज्छन कि नयाँलाई भन्ने प्रश्न सबैका लागि रोचक बनेको छ ।

TOP