कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम–२ उपनिर्वाचन : कांग्रेसबाट सभापति खड्का नै उम्मेदवार

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम–२ उपनिर्वाचन : कांग्रेसबाट सभापति खड्का नै उम्मेदवार

फिक्क्ल: आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बनेका छन् । पार्टीले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का यसअघि २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङसंग ११४ मतान्तरले पराजित भएका थिए ।

नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए । अन्य दलका उम्मेदवार र स्वतन्त्र चुनावी प्रचारपसारमा जुटिरहँदा उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त थियो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । पार्टीले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो । खड्का पार्टीका जिल्ला सभापती पनि हुँन । राजनीति संगै समाज सेवाका काममा पनि खड्का अग्रसर छन ।

TOP