कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

नयाँ बर्षमा अन्तु महोत्सव हुने

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
नयाँ बर्षमा अन्तु महोत्सव हुने

फिक्कल: इलामको सूर्योदय नगरपालिकाले नयाँ बर्षको अवसरमा अन्तु पर्यटन महोत्सव गर्ने भएको छ ।पर्यटन क्षेत्रमा ठूलो लगानी गरेको नगरपालिकाले अन्तुमा थप पर्यटक भित्राउन र नयाँ बर्षलाई थप उल्लासमय बनाउन महोत्सव आयोजना गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
२०८० चैत्र ३० र २०८१ बैशाख १ लाग्ने महोत्सवमा बिभिन्न सांस्कृतिक र सांगितिक कार्यक्रम गर्ने भएको छ । महोत्सवमा स्थानीय खाद्य परिकार र हस्तकलाको स्टल राखीने छ भने दिपावली र डिजे सेसन समेत गरीने नगरका योजना अधिकृत खेम राईले जानकारी दिनु भयो । नगर उप प्रमुख दुर्गाकुमार बरालले स्थानीय खानाका परिकार र लोपउन्मुख लाप्चा समुदायका संस्कृति महोत्सवका आकर्षका रुपमा रहेने छन् । महोत्सव अन्र्तगत चैत्र २८ गते वृहत सरसफाई कार्यक्रम हुनेछ । चैत्र ३० गते सूर्योदय आइडलको प्रस्तुती रहने छ भने बैशाख १ गते सूर्योदयको दृश्यावलोकन गरी सांस्कृतिक झाँकी प्रदर्शन गरीने उप प्रमुख बरालले जानकारी दिनु भयो । उपप्रमुख बरालले दैनिक पाँच हजार पर्यटकलाई व्यवस्थापन गर्न सक्ने होटल, होमस्टे र कटेज लगायतका पूर्वाधार अन्तुमा रहेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले दैनिक ३ हजार भन्दा बढी पर्यटकले अन्तु भ्रमण गर्दै आएको तथ्यांक नगरमा रहेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नु भयो‘हामीले पर्यटन क्षेत्रमा लगानी बढी नै गरेका छौ, अव थप प्रचार गरी पर्यटन प्रवर्धन गर्नु छ ।’
महोत्सवमा याम बराल ,गणेश पराजुली, यशोदा पराजुली लगायतका कराकारले सांगीतिक प्रस्तुती राख्ने छन् । उक्त अवसरमा लागु पदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तिजन्य बस्तुहरुको नियमन, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम समेत गरीने छ ।
अन्तु सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै प्रख्यात स्थान मानिन्छ । अन्तु पोखरी, अन्तुका होमस्टे , कटेजमा पर्यटक घुमफीर गर्न रुचाउने गरेको छ । सूर्योदय नगरपालिकालाई कोशी प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा यस अघि नै गरेको छ । अन्तु र कन्याम स्वदेशी पर्यटकको रोजाईमा परेका गन्तब्य हुँन ।

TOP