कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशिल बनाउदै सूर्योदय नगरपालिका

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशिल बनाउदै सूर्योदय नगरपालिका

फिक्कल:  इलामको सूर्योदय नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र इन्सर्योरको सहयोगमा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि उद्यमशिलता बिकास तालिम आज सम्पन्न भएको छ । बिदेशबाट फर्किएका युवालाई उद्यमशिल बनाउने उद्देश्यले नगरका २४ जना युवालाई पाँच दिने तालिम दिइएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधी भट्टराईको अध्यक्षता तथा नगर प्रमुख रण बहादुर राइको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापनमा सहभागीलाई प्रमाणपत्र बितरण गरीएको थियो । नगर प्रमुख राईले सकारात्मक शन्देसलाई असन्तुलित हुने गरि नकारात्मक शन्देसमा प्रचार नगर्न सबैले पहल गर्नु पर्ने बताउनु भयो । उहाले दुग्धजन्य उत्पादनमा आएको समस्या समाधानका लागि सकारात्मक बन्न सबैलाई आग्रह गर्नु भयो ।
पालिकाको पहलमा प्रदेश र संघले खोरेत मुक्त बनाउन पहल गरिरहेको र खोरेत मुक्त घोषणाको प्रक्रिया सम्पन्न भए संगै दुग्धजन्य उत्पादन बिदेश निर्यातको बाटो खुल्ने बताउनु भयो । सबैले सकारात्मक खबदारी सहित धैर्यता गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।
कार्यक्रममा हेल्भेटास नेपाल अन्र्तगतको इन्सयोर परियोजनाका टेक्निकल अफिसर राम अवतार शाह, प्रशिक्षक मुकुन्द ज्ञवाली , प्रशिक्षार्थी कृष्ण तामाङ र इन्द्र लामाले आफनो धारण राख्नु भएको थियो । कार्यक्रमा शाखा प्रमुख भट्टराईले इन्सयोरले आगामी दिनमा समेत लेभल टु का तालिम संचालन गरीने जानकारी दिनु भयो ।

TOP