कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
माईजोगमाईमा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

फिक्कल:  इलामको माईजोगमाई गाउँपालिकामा ३ दिवसीय आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रम माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा समापन भएको हो । कार्यक्रममा माईजोगमाई गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य ,वडा सदस्य , वडा सचिव बिषयगत शाखाका शाखा प्रमुख कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका जर्नादन कट्टेल र दुर्गादेवी निरौलाले सहजीकरण गर्नुभएको थियो ।अभिमुखी कार्यक्रम समापन सगै माईजोगमाई गाउँपालिकाको लागि निर्माण भएको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका प्रशिक्षण प्रतिष्ठानले आजनै माईजोगमाई गाउँपालिकालाई हस्ताणतरण गरेको छ ।

TOP