कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
पशुपतिनगरको चारमाइलबाट  ब्राउन सुगर सहित पाँचथरका तुम्बापो पक्राउ

 

फिक्कल:  इलामको पशुपतिनगर स्थित चारमाईलबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र बारुद बनाउने सोडा सहित एक ब्यक्तिलाई पक्राउ गरेको छ ।सोमबार शसस्त्र प्रहरीको प्रस्तवित सीमा सुरक्षा गुल्मबाट खटीएको टोलीले सूर्योदय नगरपालिका २ चारमाईलमा शंका लागि चेकजाँच गर्दा चोक्माबु पाँचथरका ५८ बर्षीय याम बहादुर तुम्बापोलाई ब्राउन सुगर र बारुद बनाउने सोडा सहित पक्राउ गरेको हो ।
प्रहरीले भारतबाट नेपाल आउदै गर्दा तुम्बापोको साथबाट एकसय ग्राम ब्राउन सुगर, १० किलोग्राम बारुद बनाउने सोडा र पाँचसय २५ ग्राम बारुद बनाउने गन्धक बरामद गरेको छ । बरामद भएको सामग्री सहित तुम्बापोलाई शसस्त्र प्रहरीले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएको छ । इलामका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक बिष्णु खड्काले निज तुम्बोपोलाई इलाका प्रहरी कार्यालयमै राखी थप अनुसन्धान गरीने जानकारी दिनु भयो । उहाका अनुसार तुम्बापोलाई लागु औषध ओसार पसार सम्बन्धिको मुद्दा चलाईने छ ।
पक्राउ परेका तुम्बापोको साथबाट प्रहरीले केहि नगद , एक थान मोवाईल सेट र निजको नागरिक्ता समेत बरामद गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनु भयो ।सीमा क्षेत्रमा प्रहरीले बिशेष निगरानी गर्दै आएको छ । इलामको फिक्कल बजारको प्रहरी बिट संगै रहेको एक घडी मर्मत पसलबाट केहि समय अघि शसस्त्र प्रहरीले ब्राउन सुगर सहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले कन्यामबाट पनि केहि दिन अघि ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ब्यक्तिको बयानका आधारमा सूर्योदय ८ का २६ बर्षीय मिक कुमार तामाङलाई समेत सोमबार नै पक्राउ गरेको छ ।

 

TOP