कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिका फोहोर ब्यवस्थापनामा जुट्यो

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका फोहोर ब्यवस्थापनामा जुट्यो

इलाम :  अव्यवस्थित रूपमा फालिएको फोहोरले कुरुप बनाउने गरेको इलाम बजारलाई थप ब्यबस्थित बनाउन इलाम नगरपालिकाले योजना अगाडी सारेको छ । नगरपालिकाले पहिलो प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखेर काम गर्न थालेपछि इलाम बजार सफा देखिन थालेको हो ।

नगरको वार्षिक कार्यक्रम अन्तर्गत मगलबार विभिन्न सार्वजनिक स्थान र सदरमुकामको ऐतिहासिक चिया बगान क्षेत्रमा डस्टबिन राखिएको छ । डस्टबिन राख्ने कार्यक्रममा मेयर केदार थापा आफै ड्स्बिन लिएर नगरमा विभिन्न क्षेत्रमा नगरपालिका जनप्रतिनिधि र नगर कर्मचारी सहित पुगेका थिए ।
नगरपालिकाको सौन्दर्य बढाउनका साथै जथाभावी फालिने फोहोरलाई ब्यबस्थापन गर्नका लागि सार्वजनिक स्थानमा डस्टबिन राखिएको मेयर थापाले नयाँ बुलन्दलाई जानकारी दिए ।मेयर थापाले भने,’आफू निर्वाचित भएलगत्तै देखि इलामलाई सफा र सुन्दर सहर बनाउने लक्ष्य राखेर काम गरिरहेको छु ।
इलाम बजारको फोहोरलाई ब्यबस्थापनका लागि खाल्डे फोहोर ब्यब्स्थापन केन्द्रमा परियोजना नै तयार गरेर काम भइरहेको छ । यो संगै नगरपालिकाले नगरको सौर्न्दर्य बढाउन यस अघि पाटेनागी,जस्बिरे सहित इलाम चिया बगानमा विभिन्न फलफूलका बिरुवा साथै बिभिन्न जातका फुलहरु रोपण गरिसकेको छ ।’यता फोहोर व्यवस्थापनमा नगरले देखाएको तदारुक्ता र मेहनतले इलामका सडक तथा चोकहरु सफा हुँदै गएको नगरबासीको भनाई छ ।

TOP