कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

नेपाली काग्रेसद्धारा सहिद श्रेष्ठको शालिकमा माल्यार्पण

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
नेपाली काग्रेसद्धारा सहिद श्रेष्ठको शालिकमा माल्यार्पण

फिक्कल: नेपाल काग्रेस सूर्योदय नगर समितिले सहिद दिवसको अवसरमा स्वर्गीय प्रजातान्त्रिक योद्धा सन्तबहादूर श्रेष्ठ अशोकको सालिकमा माल्यार्पण गरेको छ । नेपाली काग्रेस केन्द्रिय समितिले शुरु गरेको समुदायमा काग्रेस अभियानको शुरुवातसँगै स्वर्गीय श्रेष्ठको सालिकमा माल्यार्पण सहित पुष्पगुच्छा अर्पण गरिएको थियो । त्यस्तै सूर्योदय नगरपालिका ९ निवासी स्वर्गीय नेपाल विद्यार्थी संघका नेता निरोज श्रेष्ठको समाधिस्थलमा पुगेर नेता तथा कार्याकर्ताले माल्र्यापण गरेका थिए ।
सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य टिकाराम लेप्चा, प्रदेश सभा सदस्य खगेस्वरी पौडेल , महासमिति सदस्य देउकुमारी कट्टेल, हरिप्रसाद लुइटेल, नेपाली काग्रेस इलाम क्षेत्र नम्बर १ का सचिव यमन लामा, पूर्व महासमिति सदस्य दिपक अधिकारीको उपस्थिति रहेको थियो ।

त्यसैगरी काग्रेस नेतृ अनिता श्रेष्ठ, पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान, प्रदेशसभा नेपाली काग्रेस क्षेत्रीय समिति सदस्य सिता घिसिङ, शान्ता पौडेल, नगर सभापति जीवनकुमार नेपाल, उप सभापति रमेशकुमार प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा सहिद परिवारका सदस्यहरु, सूर्योदय नगरपालिका भित्रका वडा सभापति, क्रियासिल सदस्यको उपस्थिति रहेको थियो ।

TOP