प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

युनाइटेड फिक्कल क्लबको प्रथम सधारण सभा सम्पन्न , अध्यक्षमा चन्द्र फागो

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
युनाइटेड फिक्कल क्लबको प्रथम सधारण सभा सम्पन्न , अध्यक्षमा चन्द्र फागो

फिक्कल: इलामको सूर्योदय नगरपालिका स्थित युनाइटेड फिक्कल क्लबको प्रथम सधारण सभा सम्पन्न भएको छ । बिभिन्न कार्यक्रम गर्दै आएको क्लबको प्रथम साधारण सभाले चन्द्र बहादुर फागोको अध्यक्षतामा ११ जनाको कार्य समिति समेत चयन गरेको छ । क्लबको उपाध्यक्षमा अभिषेक पौडयल, सचिवमा श्रृजन गदाल, कोषाध्यक्षमा सिमरन गुरुङ, सहसचिव कुंगा छिरिङ लामा, सह–कोषाध्यक्ष रोवित खड्ग रहेका छन् । त्यसैगरी सदस्यहरुमा सिमा प्रधान, सम्झना राई, प्रकाश भुजेल, डेनिस गुरुङ र संगीता यल्मो रहेका छन् ।
क्लबको निवर्तमान अध्यक्ष अभिषेक प्रधानको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख आतिथयतामा भएको साधारण सभामा स्थापना देखि प्रथम सधारण सभासम्ममा क्लबले गरेका कार्यक्रम तथा अम्दानी खर्चको सर्बजानिकरण समेत गरीएको थियो ।
साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख राईले युवाहरु एकजुट हुँनु पर्ने बताउनु भयो । उहाले क्बलले मासिक रुपमा फुटबल लगायतका कार्यक्रम गरे नगरले आवश्यक सहयोग गर्ने बताउनु भयो ।उप प्रमुख दुर्गा कुमार बरालले उक्त क्लबले धेरै काम गर्न सक्ने बताउदै यस्ता क्लबले महिलालाई समेटनु पर्ने बताउनु भयो । उहाले महिलाको नेतृत्व बिकासका लागि क्लब्ले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा नवनिर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सफत संगै प्रमाणपत्र बितरण गरिएको थियो । नवनिर्वाचित अध्यक्ष फागोले क्लबलाई यहाँ सम्म ल्याउने पहिलो कार्य समितिलाई धन्यवाद दिनु भएको थियो ।कार्यक्रममा रोहित खड्का, राजन प्रधान , प्रज्वल प्रधान , साधना फागो , लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

TOP