कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पाथीभरा मन्दिर परिसरमा छहारी फाउण्डेशनको सरसफाई

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
पाथीभरा मन्दिर परिसरमा छहारी फाउण्डेशनको सरसफाई

इलाम: इलामको रोङ गाउँपालिका ३ कुटीडाँडामा रहेका पाथिभरा मन्दिर परिसरमा शुक्रबार सरसफाई कार्यक्रम गरिएको छ ।
छहारी फाउण्डेशन नेपालको आयोजनामा पाथीभरा मन्दिर परिसर र पाथीभरा जाने सीडीमा सरसफाई गरीएको हो । छहारी फाउण्डेशन नेपालको आयोजना तथा रोङ गाउँपालिका , शसस्त्र प्रहरी बल आईतबारे बेस क्याम्प र हर्कटे प्रहरी चौकीको सहयोगमा मन्दिर परिसरमा रहेका प्लाष्टिक, पानीका बोतल , प्लाष्टिक जन्य सामग्री संकलन गरीएको संस्थाका अध्यक्ष यमन लामाले जानकारी दिन भयो ।
गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले झाडु लगाए कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उहाले पाथीभरा मन्दिर परिसरलाई सधै सफा र ब्यवस्थित राख्नका लागि गाउँपालिकाले पहल गरीरहेको जानकारी दिनु भयो । मन्दिर परिसरमा आगन्तुक र भक्तजनले लगेका प्लाष्टिक जन्य सामग्रीले बढी फोहोर हुने गरेको छ । संस्थाले माघ १ गते माईजोगमाई र इलाम नगरपालिकाको संगम स्थल माइबेनी दोभानमा स्वाथ्य शिविर संचालन गर्ने भएको छ ।
मन्दिर परिसरमा गाउँपालिकाले टहरा निर्माण गरी साना ब्यवसायीलाई ब्यवस्थित गरेको छ । रोङ गाउँपालिकाले मन्दिरलाई आफनो स्वामित्वमा ल्याएपछि मासिक १२ देखि २० लाख सम्म आम्दानी गर्दै आएको पाथीभरा संरक्षण तथा ब्यवस्थापन बिकास समितिका सचिव एघा अर्यालले जानकारी दिनु भयो । समितिले मंसिरमा २० लाख रुपियाँ आम्दानी गरेको छ ।

 

 

TOP