कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय १ गोर्खेका २५ ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर सम्मान

  • प्रकाशित मितिः November 16, 2025
  • हाम्रो पालिका
सूर्योदय १ गोर्खेका २५ ज्येष्ठ नागरिकलाई घर–घरमा पुगेर सम्मान

इलामः बिहानको खाना खाएर आगनमा घाम ताप्न निस्कनुभएका ९२ बर्षीय तुलसीराम अधिकारीलाई नमस्कार टक्रयाउँदै बुधबार वडाको टोली आईपुग्यो ।सूर्योदय नगरपालिका–१ का वडाध्यक्ष राजकुमार शेरेङ सहितको छ सदसीय टोलीले घरमा आएर स्वास्थ्य परिक्षण,सम्मानपत्र वितरण र न्यानो सिरक दिएपछि मकरजुङका तुलसीरामले खुसी हुँदै भन्नुभयो, ‘पहिले भोट माग्न आउनुभएको थियो,अहिले सम्मान गर्नुभो, हाम्रो वडाको भलो होस् ।’

९५ बर्षीय काशिराम पोखरेलले विगतका पुरानो अनुभव सुनाउँदै राणाकाल र राजतन्त्रमा बोल्नै नपाउने गरेको बताउनुभयो । संघियता आएपछि नजिकैको सरकारले हरेक बर्ष सेवा गरिरहेकोमा पोखरेल दंग हुनुहुन्छ ।वडा कार्यालयले ८५ बर्ष नाघेका २५ ज्येष्ठ नागरिकलाई सम्मान गरेको वडा सचिव गोविन्द चेम्जोङले जानकारी दिनुभयो । वडाको टोलीले ज्येष्ठ नागरिकको घरघरमा पुगेर प्रेसर परिक्षण, स्वास्थ्य अवस्थाको जानकारी लिएको र न्यानो कपडा र सम्मानपत्र वितरण गरिएको चेम्जोङले बताउनभयो । गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राईले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

समाजमा ज्येष्ठ नागरिकहरुले इतिहास,सामाजिक संस्कार,भाषा साहित्य,परम्परागत ज्ञान, आदर्श, मुल्यमान्यताहरु वर्तमान तथा भावी पुस्तामा हस्तान्तरण गर्दै समाज विकासमा योगदान दिँदै आउनुभएकोले सम्मान गरिएको वडाध्यक्ष शेरेङले बताउनुभयो ।  कार्यक्रममा वडाध्यक्ष,वडासचिव सहित सदस्यहरु,रोशन बुडाथोकी,डिक बहादुर मगर,चन्द्रकला विश्वकर्मा, मुन्ना कुमारी राई गोर्खे स्वास्थ्य चौकीका प्रमुख विकास राई समेतको सहभागिता रहेको थियो ।

TOP