कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था, १३७ किसान प्रत्यक्ष लाभान्वित

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था, १३७ किसान प्रत्यक्ष लाभान्वित

इलाम :  इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाख रुपैयाँको लागतमा चारवटा सिचाईं कूलो निर्माण सम्पन्न भएका छन् । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा छुट्टाछुट्टै सिचाईं कूलो निर्माण सम्पन्न भएका हुन् । गाउँपालिकामा संचालित साना सिचाईं कार्यक्रम अन्तरगत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलम सिचाईं कूलो निर्माण सम्पन्न भएको वडा अध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।

सिचाईं कूलो निर्माण भएपछि एक सय ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित भएको वडाअध्यक्ष योङहाङले बताए । सिचाईं कूलोबाट त्यहाँका सयौं रोपनी जग्गामा सिचाईं सुविधा पुगेको छ ।स्थानीय लम्फेवा खोलाबाट तिनवटा सिचाईं कूलो र फेवाखोलाबाट एउटा सिचाईं कूलो निर्माण भएको छ । पाटीगाउँमा रु ४८ लाखको लागतमा कृषि सिचाईं कूलो निर्माण भएको हो । लम्फेवा खोलाबाट दुई हजार दुई सय मिटर लम्बाईको कूलो निर्माण भएको हो । नौ सय ९२ मिटर पक्की ढलान भएको छ । त्यहाँबाट पाटीगाउँ र आसपासका ४० घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

त्यस्तै, लम्फेवा खोलाबाटै गजुरमुखी धाम आसपासका लागि रु ४५ लाखको लागतमा अमले सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको दुई हजार मिटर लम्बाईको कूलोमा आठ सय ५० मिटर पक्की ढलान भएको छ । त्यहाँबाट गजुरमुखी धाम र आसपासका ३४ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा रु ५३ लाखको लागतमा सातबिसे सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको दुई हजार मिटर लम्बाईको कूलोको एक हजार एक सय २० मिटर पक्की ढलान भएको छ । त्यहाँबाट दोभान र आसपासका ३२ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

यस्तै, माङसेबुङ गाउँपालिका(१ र २ को सीमानामा पर्ने फेवा खोलाबाट तोभाङमा रु ६८ लाखको लागतमा चिउरीबोटे सिचाईं कूलो निर्माण भएको छ । निर्माण भएको तिन हजार मिटर लम्बाईको कूलोमा एक हजार तिन सय ७५ मिटर पक्की ढलान भएको छ । त्यहाँबाट तोभाङ र आसपासका ३१ घुरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।

कूलो निर्माणका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०र२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी थियो ।माङसेबुङको मुख्य मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि सिचाईं कूलो निर्माण भएको हो’ वडा अध्यक्ष योङहाङले भने, ‘यहाँबाट आयोजना क्षेत्रका एक सय ३७ घरधुरी किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुका सयौं रोपनी जग्गा सिंचित भएको छ ।’

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आय आर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भएको हो । नयाँ बुलन्द

TOP