जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

अन्तु क्षेत्रका होमस्टे र होटलको स्तरीकरण गरिदै

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
अन्तु क्षेत्रका होमस्टे र होटलको स्तरीकरण गरिदै

फिक्कल: पर्यटकको ओइरो लाग्ने इलामको पर्यटकीय स्थल अन्तुमा संचालित होमस्टे, होटल तथा कटेजको स्तरीकरणको काम थालिएको छ ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अन्तुमा संचालित होमस्टे, होटल तथा कटेजको बर्गीकरण गरी स्तरीकरणको काम थालेको हो ।
बिभागले होटल संचालकलाई स्वच्छता सम्बन्धि तालिम समेत दिईएको छ । बिभागले १७ वटा होटलमा पहिलो चरणमा नमुनाका रुपमा अनुगमन गर्दा ९ वटाले मात्र स्टीकर पाएका छन । बिभागले बर्गीकरण गरी स्टीकर टाँसेको अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनु भयो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिराटनगर, र भद्रपुरले संयुक्त रुपमा होटलको स्तरीकरणको काम थालेको भद्रपुर कार्यालय प्रमुख सुभाषचन्द्र वस्तीेले जानकारी दिनु भयो । उहाका अनुसार पहिलो चरणमा अन्तुका होटल तथा होमस्टेमा भद्रपुर कार्यालयले खाद्य स्वच्छता सम्बन्धी तालिम दिएको छ । बिराटनगर कार्यालयले होटलको गुणस्तर हेरी स्टीकर टाँसेको छ ।
बिभागले गुणस्तरको आधारमा ४ प्रकारले होटलमा स्टीकर टाँस्ने गरेको छ । सामान्य होटलमा पहेलो स्टीकर, सन्तोषजनक अवस्थाको होटलमा एक स्टार स्टीकर, उत्तम खाल्को होटलमा दुई स्टार स्टीकर र अति उत्तम होटलमा हरीयो रङको तीन स्टार स्टीकर टाँस्ने गरेको छ ।
भद्रपुर कार्यालय प्रमुख वस्तीले अन्तुका होटलमा खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पुरा भएकै अवस्थामा भेटीको जानकारी दिनु भयो । उहाले अन्तुका अधिकांश होटलले भान्सा कोठा उपभोक्ताले देख्ने नै गरी बनाएको पाईएको जानकारी दिनु भयो ।
अन्तु पर्यटन ब्यवसायी संघका अध्यक्ष घिमिरेका अनुासर अन्तुमा ६३ वटा होमस्टे र सानाठूला मझौला गरी ७२ वटा होटल कटेज रहेका छन । सूर्योदयको दृश्यावलोकन गर्नका लागि अन्तुमा स्वदेशी पर्यटकको घुईचो लाग्ने गरेको छ । घिमिरेले पर्यटकको आवागमन संगै होटल, होमस्टेको गुणस्तर समेत कायम राख्न बर्गीकरण थप सहज हुने बताउनु भयो ।
अन्तुमा सूर्योदयको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन । बिशेष गरी शुक्रबार र शनिबार अन्तुमा पर्यटकको ओईरो लाग्ने गरेको छ । सूर्योदय नगरपालिकाले अन्तुलाई थप ब्यवस्थित गर्न बिभिन्न पूर्वाधारका काम समेत गरीरहेको छ ।

TOP