कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदय ७ का जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घर-घरमै न्यानो कपडा बितरण

  • प्रकाशित मितिः November 18, 2025
  • हाम्रो पालिका
सूर्योदय ७ का जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घर-घरमै न्यानो कपडा बितरण

फिक्कल:सूर्योदय नगरपालिका वडा नं.७ का जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरिएको छ । वडा नं. ७ का २२ जना जेष्ठ नागरिक र ८ जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा बितरण गरिएको हो ।
वडा नं. ७ का वडाध्यक्ष लोक बहादुर राईले वडाका जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई ब्ल्ङकेट , हर्लिक्स बितरण गरेको जानकारी दिनु भयो । उहाका अनुसार गत साल वडामा ज्याकेट, टोपी र सुइटर बितरण गरिएको थियो ।
अध्यक्ष राईले टोल टोल र अशक्त तथा बृद्धबृद्धाका घर घरमा पुगेर सामग्री बितरण गरीएको हो । सिंगो वडाका जनप्रतिनिधि कर्मचारी सहितको टिमले वडाका १६ वटा टोलमा पुगेर बितरण गरेको छ । वडाध्यक्ष राईले भन्नु भयो‘स्थानीय सरकारको आभाष दिनका लागि घरघरमै गएर कपडा बितरण गरेका हौ।’
७ न.ं वडाले टोटोलमा भूमीकर संकलन गर्न घुम्ती शिबिर संचालन गरेको छ । सतप्रतिशत कर संकलन गर्नका लागि घुम्ती शिबिर संचालन गरेको वडाध्यक्ष राईले जानकारी दिनु भयो । भूमीलाई ब्यस्थित गर्नका लागि वडाले अभियान थालेको बताउनु भयो । २० बर्ष सम्म भूमीको मालपोत कर नतिरेको पाईएको वडाध्यक्ष राईले जानकारी दिनु भयो ।

TOP