कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
मेची राजमार्गमा प्रहरीको स्कटिङमा यातायत सुचारु

फिक्कल:
ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाईको माग सहित पहिचान पक्षधरसमुहको बन्दका कारण अवरुद्ध मेची राजमार्गमा मंगलबार साझबाट प्रहरीले स्कटिङमा यातायत सुचारु गरेको छ कोशी नामविरुद्व आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण दिन भर मेची राजमार्गमा यातायात ठप्प पछि अलपत्र परेका यात्रुलाइृ गन्तब्यमा लैजान प्रहरीले स्कटिङमा यातायत सुचारु गरेको हो ।
प्रहरीले मेची राजमार्गको झापा इलाम पाँचथर र ताप्लेजुङ जाने सवारी साधन र ताप्लेजुङ, पाचथर,इलाम हुँदै झापा जाने सवारी साधन प्रहरीको सुरक्षामा सुचारु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासुदेव खतिवडाले दिनभर बन्दका कारण अलपत्र परेका यात्रुलाई गन्तब्यमा लैजान स्कटिङ शुरु गरिएको जानकारी दिनु भयो । उहाले दिउसो पाँचथर तर्फका सवारीलाई स्कटिङमा पठाईएको जानकारी दिनु भयो । केहि दिनअघि ताप्लेजुङमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड भए पछि गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ ।
बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम– फिदिम र फिदिम –ताप्लेजुङ सडक खण्डमा यातायातका साधन चल्न सकेका थिएनन् ।
प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई मंसिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समुहका नेता राम लिङद्मले पक्राउ गरीएका कार्यकर्ता रिहाई नभए बन्द हडताल लागयतका कार्यक्रम लम्बीएर जाने बताउनु भयो ।

TOP