कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाममा चाडपर्व लक्षित ‘एकिकृत सुरक्षा योजना’ लागु हुँदै

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाममा चाडपर्व लक्षित ‘एकिकृत  सुरक्षा योजना’ लागु हुँदै

इलाम :आसन्न दशैँ,तिहार,छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सूरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय इलामले ‘एकिकृत चाडपर्व सूरक्षा योजना २०८०’ स्विकृत गरि कार्यान्वयनमा ल्याउने भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सूरक्षा समिति इलामको बैठकले सो निर्णय गरेको हो । उक्त सूरक्षा योजना अनुसार नेपाल पहरी तर्फ विभिन्न दर्जाका कूल ५२८ जनशक्ति परिचालन हुनेछन् भने परिपुरक जनशक्तिका रुपमा सशस्त्र प्रहरी वलका विभिन्न दर्जाका २९७ जना जनशक्ति समेत गरि कुल ८२५ सूरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एस पि को कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने,तत्काल परिचालन हुनसक्ने गरि ५० वटा क्वीक रेस्पोन्स टिम तयार राखिने, ५ वटा मोबाइल गस्ति र ४३ वटा पैदल गस्ति रहने छन् । ‘राजमार्ग लगायत सीमा नाकाहरुमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट सञ्चालन गर्ने समेत निर्णय भएको छ ।’ उहाँले भन्नुभयो, ‘राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालित हुनेछ भने सूरक्षा संवेदनशिल १६ स्थानमा पिकेट खडा गरिने छ ।’ उक्त समयमा सशस्त्र प्रहरीले समेत पिकेटिङ,चेकिङ, मोबाइल एवं पैदल गस्ति सञ्चालन हुने बताईएको छ । चाडपर्वको समयमा ढुक्क भएर प्रेम र सद्भाव साटासाट गर्दै मनोरञ्जन गर्न इलामेली नागरिकहरुलाई जिल्ला सूरक्षा समितिले आग्रह गरेको छ । तर, प्रचलित कानुन विपरितका गतिविधि नगर्न समेत आह्वान गरिएको छ ।

TOP