प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

इलाममा चाडपर्व लक्षित ‘एकिकृत सुरक्षा योजना’ लागु हुँदै

  • प्रकाशित मितिः June 10, 2026
  • हाम्रो पालिका
इलाममा चाडपर्व लक्षित ‘एकिकृत  सुरक्षा योजना’ लागु हुँदै

इलाम :आसन्न दशैँ,तिहार,छठ लगायतका चाडपर्वमा प्रभावकारी शान्ति सूरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय इलामले ‘एकिकृत चाडपर्व सूरक्षा योजना २०८०’ स्विकृत गरि कार्यान्वयनमा ल्याउने भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सूरक्षा समिति इलामको बैठकले सो निर्णय गरेको हो । उक्त सूरक्षा योजना अनुसार नेपाल पहरी तर्फ विभिन्न दर्जाका कूल ५२८ जनशक्ति परिचालन हुनेछन् भने परिपुरक जनशक्तिका रुपमा सशस्त्र प्रहरी वलका विभिन्न दर्जाका २९७ जना जनशक्ति समेत गरि कुल ८२५ सूरक्षाकर्मी परिचालित हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एस पि को कमाण्डमा २ वटा कमाण्ड पोष्ट रहने,तत्काल परिचालन हुनसक्ने गरि ५० वटा क्वीक रेस्पोन्स टिम तयार राखिने, ५ वटा मोबाइल गस्ति र ४३ वटा पैदल गस्ति रहने छन् । ‘राजमार्ग लगायत सीमा नाकाहरुमा १५ वटा भन्दा बढी चेक प्वाइन्ट सञ्चालन गर्ने समेत निर्णय भएको छ ।’ उहाँले भन्नुभयो, ‘राजमार्गमा ३ वटा स्कर्टिङ टोली परिचालित हुनेछ भने सूरक्षा संवेदनशिल १६ स्थानमा पिकेट खडा गरिने छ ।’ उक्त समयमा सशस्त्र प्रहरीले समेत पिकेटिङ,चेकिङ, मोबाइल एवं पैदल गस्ति सञ्चालन हुने बताईएको छ । चाडपर्वको समयमा ढुक्क भएर प्रेम र सद्भाव साटासाट गर्दै मनोरञ्जन गर्न इलामेली नागरिकहरुलाई जिल्ला सूरक्षा समितिले आग्रह गरेको छ । तर, प्रचलित कानुन विपरितका गतिविधि नगर्न समेत आह्वान गरिएको छ ।

TOP