कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सूर्योदयमा बार्षिक प्रगति समिक्षा सम्पन्न

फिक्क्ल: सूर्योदय नगरपालिकामा आर्थिक बर्ष २०७९÷८० को बार्षिक समिक्षा सम्पन्न भएको छ । बिभिन्न शाखा, उपशाखा अन्र्तगत संचालित परियोजना र वडा अन्र्तगतको बार्षिक समिक्षा सम्पन्न भएको हो ।
शाखा र वडागत गरी ९ वटा बिषयगत क्षेत्रको प्रगति र प्रस्तुती सहित जिज्ञासा , प्रस्न, सुझाव दिने र ग्रहण गर्ने सहितको समिक्षा , गत आवमा भएको पालिकाको प्रगति, आर्थिक , प्राविधिक, सामाजिक, भौतिक शैक्षिक, स्वास्थ्य , बिपत, महिला बालबालिका र फोहोरमैला ब्यवस्थापन लगायतका बिषयमा शाखाले प्रगति पेश गरेका थिए । कार्यक्रममा आगामी दिनका योजना र सेवा सम्बन्धि प्रस्तुती गरीएको थियो ।
कार्यक्रममा नगर प्रमुख , उप प्रमुख लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगर उप प्रमुख दुर्गा बरालले थप मेहनत गरी उदाहरणीय बन्न आग्रह गर्नु भयो । नगर प्रमुख रण बहादुर राईले सेवा प्रवाहलाई जवाफदेही , उत्तरदायी बनाउदै दिगो बिकासका लक्ष्य र अवसरलाई ध्यान दिनु पर्ने बताउनु भयो । उहाले कर्मचारी कर्मशिल पारदर्शी हुँन जरुरी रहेको बताउनु भयो । बिभिन्न वडाका वडाध्यष सहित कार्यक्रममा शाखा प्रमुख वडा सचिव लगायतको सहभागीता थियो ।

 

TOP