कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

वडावासीको दुःखमा मल्हम लगाउने रोङ ६ को प्रतिबद्धता

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
वडावासीको दुःखमा मल्हम लगाउने रोङ ६ को प्रतिबद्धता

इलाम: इलामको राेङ गाउँपालिकाको वडा नम्बर ६ ले आफ्नो वडा भित्रका कुनै वडावासीको मृत्यु भएमा वडाका जनप्रतिनिधिहरू पुग्ने प्रतिबद्धता कार्यन्वयन गरेको छ ।आफ्नो  पार्टीका समर्थकको निधन भएको अवस्थामा मात्रमात्रै मलामी अनि समवेदना बोकेर पुग्ने राजनीतिक दलहरूका व्यवहारलाई चुनौति दिँदै वर्तमान राेङ गाउँपालिका वडा न ६ का वडाध्यक्ष सत्यम् राई चाैरासेले  आफू निर्वाचित भए लगत्तै वडा भित्रका सबै नागरिकहरू आफ्ना लागी  समान हुन र उनीहरूलाई कुनै राजनीतिक हिसाबले असमान व्यवहार  गरिनु हुँदैन भन्ने जनमुखी र लोकतान्त्रिक निर्णय गरेर वडा भित्रका जोकोहीको निधन भएमा वडाको तर्फबाट समवेदना सहित उपस्थित भएर सहानुभूति दिने गरेका हुन् ।

दोश्रो स्थानीय निर्वाचन भएयता राेङ गाउपालिका बडा न ६ मा एक दर्जन बढि नागरिकको मृत्यु भएको र यसमा सबैको घरमा वडाका सम्भव भएसम्म सबै जनप्रतिनिधिहरू र कर्मचारीहरू पुगेर समवेदना व्यक्त गरिएको वडा सचिव खगेन्द्र खतिवडाले बताए ।आफ्ना घरमा नजिकको सरकार वडाका जनप्रतिनिधि र कर्मचारीहरू दुखको बेलामा आँउदा आफ्नो दुखी मन पनि केही हलुका जस्तो भएको राेङ छ रम्भ्याङका एक शाेकाकुल सदस्यले बताए ।

TOP