कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल आउँने

  • प्रकाशित मितिः November 17, 2025
  • हाम्रो पालिका
माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेल आउँने

इलाम : इलामको माईजोगमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँने भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा स्काई पोख्रेल आउने भएका हुन । पोख्रेल सरुवा भएर आउनु पुर्ब माईजोगमाईमा नवीन कार्की आउने बताईए पनि कार्किको पुन सरुवा फिर्ता भएपछि पोख्रेल आउन लागेका हुन ।

पोख्रेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका बाट सरुवा भई माईजोगमाईमा आउने भएका हुन । पालिकामा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत काजीमान राईको सरुवा भएपछि लेखा अधिकृतलाई निमित्त दिइएको थियो ।

तर पालिकाका तत्कालीन प्रमुख प्रशासकिय र लेखा अधिकृतको कार्यकक्षमा भएको अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछी लेखा अधिकृत पनि पालिका बाहिर रहेको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले बताए । पालिकामा अहिले कार्यालय प्रमुख नहुदा पालिकाको सेवा प्रभाव प्रभावित बन्न पुगेको हो ।

नयाँ बुलन्द डटकम संगको कुराकानीमा नयाँ प्रमुख प्रसाशकियका  रुपमा आउन लागेका पोख्रेलले मन्त्रालय बाट पत्र बुझेर आफू ताप्लेजुङ बाट पनि बिदा भइसकेको र आफ्नो बाटोको म्याद समेत सकिन लागेकाले चाडै माईजोगमाईमा हाजिर हुने बताएका छ्न । पोख्रेल यस अघि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा प्रमुख प्रसाशकिय अधिकृतको रुपमा कार्यरत थिए ।

TOP