कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

पशुपतिनगरमा सटही काउन्टर खुल्ने

  • प्रकाशित मितिः November 13, 2025
  • हाम्रो पालिका
पशुपतिनगरमा सटही काउन्टर खुल्ने

फिक्कल: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरमा सटही काउन्टर राखीने भएको छ । लामो समय देखि सटही काउन्टर राख्न स्थानीयले माग राख्दै आएकोमा गभर्नर महाप्रसाद अधिकारीले पशुपतिनगरमा तत्काल सहटी काउन्टर राख्न निर्देशन दिनु भएको हो । सूर्योदय नगरपालिकाका नगर प्रमुखको छलफल पछि सटही काउन्टर राख्न उहाले निर्देशन दिनु भएको छ । काठ्माण्डौमा भएको छलफल पछि भारतीय रुपियाँ सटहीको समस्या हटाउनका लागि काउन्टर स्थापना गर्ने सहमती भएको नगर प्रमुख राईले जानकारी दिनु भयो । पशुपतिनगरमा भारतीय पचास र एक सय रुपियाँका साना नोट साटेर नेपाली बनाउन वाणिज्य बैंकलाई निर्देशन दिएको छ ।
‘गभर्नर अधिकारीले राष्ट्रिय वाणिज्य बंैकका कार्यकारी निर्देशकलाई पशुपतिनगरमा सटही काउन्टर खोल्न निर्देशन दिई सक्नु भएको छ’ नगर प्रमुख राईले भन्नु भयो । लामो समय देखि माग भए पनि सटही काउन्टर नहुँदा सीमा क्षेत्रमा अहिले भारतीय नोट नसाटिने समस्या रहेको स्थानीय ब्यवसायी बिमल देवानले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘भारतीय नोटको चाङ हुँदा पनि साट्ने अवस्था थिएन, अव सहज हुने भयो ।’
पशुपतिनगर नाकाबाट बिशेष गरी इलाम सहितका पहाडी जिल्लामा उत्पादन भएको सागसब्जी भारत जाने गरेको छ । केहि समय अघि भारतले इस्कुसलाई क्वारेन्टाईन लिष्टमा राखेपछि इस्कुसको निर्यात समेत बढेको छ । यसरी बिक्री भएको सागसब्जीबाट आएको भारतीय रुपियाँ साट्न भने ब्यवसायीलाइृ धौधौ पर्दै आएको थियो ।
कोरोना महामारी पछि सुनसान बनेको पशुपतिनगरले अझै गति भने लिन नसकेको सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले जानकारी दिनु भयो । उहाले कोरोना पछि दर्जनौ ब्यवसायी बिस्थापित समेत भएको जानकारी दिनु भयो । अध्यक्ष राईले सटही काउन्टर स्थापना भएपछि सटहीको समस्या हटेर सहज हुने जानकारी दिनु भयो । काउन्टर राख्नका लागि संघले समेत माग गर्दै आएको थियो । काउन्टर स्थापना भए पछि मोवाइल ब्याङकिङबाट पनि सटहिको काम हुने बताईएको छ ।

TOP