कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल

  • प्रकाशित मितिः November 14, 2025
  • हाम्रो पालिका
इलामको दुर्गा मेडिकल औषधी ब्यवस्था बिभागद्धारा पुनःशिल

  इलाम: इलाम बजारको दुर्गा मेडिकललाई मंगलबार पुनःसिल गरिएको छ । औषधि ब्यवस्था विभाग बिराटनगरका फार्मेसी निरिक्षक दिपेन्द्र खडकाको नेतृत्वमा आएको अनुगमन टोलिले सिल गरेको हो । डा. राम कुमार धगौड़ाले किनेको उक्त दुर्गा मेडिकललाई ७ दिन भित्र नियम अनुसार औषधि ब्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिँदै शिल गरिएको हो ।

त्यस्तै अनुगमनले इलाम अस्पताल नजिकैको आदर्श फार्मेसी तथा पोलिक्लिनिकबाट syrup. Heptarange नामको औषधि जफत गरेको छ । उक्त टोलिले चुलाचुली गाउपालिका वडा नम्बर ४ आइत’bout बजारस्थित पाथिभरा औषधि पसललाई पनि शिल गरेको छ । सम्बन्धित निकायबाट अनुमती नलिइ सञ्चालन गरेको पाएपछी सिल गरेको हो ।

निरिक्षक खड्काले स्थानिय निकायमा मात्रै दर्ता गरेर टिकाराम घिमिरेले सञ्चालन गरेको उक्त पाथिभरा औषधि पसलसम्बन्धित निकायबाट अनुमती पत्र समेत नलिइ सञ्चालन गरेकोले शिल गरिएको बताए । उक्त पसलले औषधि ब्यवस्था विभागबाट इजाजत पत्र लिएर स्थानीय प्रशासनको रोहोबरमा मात्रे सिल खोल्न पाउने छ । केहि दिन अघि जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको नेतृत्वमा भएको अनुगमनले पनि दुर्गा मेडिकलमा ताला लगाएको थियो । सञ्चालकलाई बोलाउँदा सञ्चालक नआएको र पहिले देखिनै पटक पटक निर्देशन दिँदा पनि नटेरेपछि मेडिकलमा ताला लगाइएको हो । ताला लगाएको केहिदिनमा दुईलाख रुपैयाँ जरिमाना समेत गरिएको थियो ।

TOP