कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
सहारा नेपालको आयोजनामा  रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न

फिक्कल: इलामको रोङ गाउँपालिका ३ कुट्टीडाँडामा अर्गानिक कपुरधुप बनाउने तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आफना सदस्य महिलाका लागि ३ दिने कपुरधुप बनाउने तालिम सम्पन्न भएको हो ।
सहारा नेपालकी चित्रकला ओलीको अध्यक्षता तथा रोङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष मात्रिका बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी सदस्य महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहारा नेपाल फिक्कल सेवा प्रमुख कल्पना ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि बरालले सहाराले स्थानीयको जिवन स्तर संग जोडिएर धेरै काम गरेको बताउनु भयो ।
कार्यक्रममा सहारा सदस्य तथा तालिममा सहभागी मुना ढकाल, सहारा नेपाल संचालन उप समिति उप समिति फिक्कलका संयोजक देवी आचार्य, सदस्य देवी कट्टेलले बोल्नु भएको थियो । कार्यक्रममा २५ जनाले धुप बनाउने तालिम लिएका थिए । सहाराले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । आफना सदस्य र अन्यलाई सहाराले बिभिन्न सिप किाउदै आएको छ ।

TOP