जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

सहारा नेपालको आयोजनामा रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
सहारा नेपालको आयोजनामा  रोङमा कपुरधुप बनाउने तालिम सम्पन्न

फिक्कल: इलामको रोङ गाउँपालिका ३ कुट्टीडाँडामा अर्गानिक कपुरधुप बनाउने तालिम सम्पन्न भएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आफना सदस्य महिलाका लागि ३ दिने कपुरधुप बनाउने तालिम सम्पन्न भएको हो ।
सहारा नेपालकी चित्रकला ओलीको अध्यक्षता तथा रोङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष मात्रिका बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी सदस्य महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहारा नेपाल फिक्कल सेवा प्रमुख कल्पना ढुंगानाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रममा प्रमुख अतिथि बरालले सहाराले स्थानीयको जिवन स्तर संग जोडिएर धेरै काम गरेको बताउनु भयो ।
कार्यक्रममा सहारा सदस्य तथा तालिममा सहभागी मुना ढकाल, सहारा नेपाल संचालन उप समिति उप समिति फिक्कलका संयोजक देवी आचार्य, सदस्य देवी कट्टेलले बोल्नु भएको थियो । कार्यक्रममा २५ जनाले धुप बनाउने तालिम लिएका थिए । सहाराले बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । आफना सदस्य र अन्यलाई सहाराले बिभिन्न सिप किाउदै आएको छ ।

TOP