कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम नगरपालिका क्षेत्रमा डेंगु रोग नियन्त्रण अभियान

  • प्रकाशित मितिः November 19, 2025
  • हाम्रो पालिका
इलाम नगरपालिका क्षेत्रमा डेंगु रोग नियन्त्रण अभियान

फिक्क्ल: इलाम नगरपालिकामा डेंगु रोग रोकथाम र नियन्त्रणको लागि अभियान सुरु भएको छ ।शुक्रबार देखि इलाम नगरपालिका र स्वास्थ्य कार्यालय इलामको अगुवाइमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।
जनचेतनाको लागि साथै अन्य पाालिकामा पनि कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले अभियान थालिएको स्वास्थ्य कार्यालय इलामका प्रवक्ता तथा डेंगु रोगका फोकल पर्सन विमल बरालले बताउनुभयो ।डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानको खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।
।कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका उपप्रमुख विष्णु कुमारी दाहाल लिम्बु, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी, जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासीको सहभागिता रहेको थियो ।इलाममा हालसम्म २१ जना डेंगुका बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

TOP